Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली कलाकारले प्लेटफर्म पाउन सकेका छैनन् : मनीषा कोइराला

फिल्मीखबर, काठमाडौं, 2021/03/07
 
अभिनेत्री मनीषा कोइरालाले नेपाली कलाकारहरुले प्लेटफर्म पाउन नसकेको बताएकी छन् । शनिवार जनकपुर साहित्य महोत्सवको ‘सिनेमाको रङ्ग’ सत्रमा बोल्दै उनले नेपालमा कलाकारको अभाव नरहे पनि ठूलो प्लेटफर्म पाउन नसकेको तीतो यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताइन् । राज्यले बेवास्था गरेका कारण नेपाली फिल्म क्षेत्रले प्रगति गर्न नसकेको पनि उनको भनाई छ ।
 
उनी भन्छिन्, ‘कला, साहित्य, खेललाई सहयोग नगर्ने हो भने समाज खल्लो हुन्छ । विकशित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेका छन् । यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्छ ।’ अभिनेत्री कोइरालाले आफन्तको पहुँचले मात्रै फिल्म लगायत कुनै पनि क्षेत्रमा स्थापित हुन नसकिने र यसका लागि योग्यता, क्षमता एवं मिहिनेत गर्नुपर्ने बताएकी छन् । 
 
कलाकारका सन्तानहरुले पनि आफूलाई स्थापित गर्न मिहिनेत नगरे अगाडि बढ्न नसक्ने उनको तर्क छ । उनी अगाडि भन्छिन्, ‘फिल्म क्षेत्रमा स्थापित हुन कडा परिश्रम गर्नुपर्छ । फिल्ममा कतिपय नायक-नायिकाका छोरा-छोरी आएका छन् । उनीहरुले निकै मिहिनेत गरेर ठाउँ पाएका हुन्छन् । नत्र दुई-तीनवटा फिल्ममा राम्रो अभिनय गर्न सकेनन् भने उनीहरु अघि बढ्नै सक्दैनन् ।’ 
Most Visited News (monthly)