Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फटाह फणिन्द्रे’ मा जोडिए ‘हैट’ र ‘बेमान’

फिल्मीखबर, काठमाण्डौ, 2021/02/24
 
आउँदो चैत पहिलो साताबाट छायांकन सुरु हुन लागेको कमेडी फिल्म ‘फटाह फणिन्द्रे’ मा कलाकार द्वय बुद्धि तामाङ ‘हैट’ र रवि डंगोल ‘बेमान’ जोडिएका छन् । उनीहरुसँग निर्माण टिमले मंगलवार कागजी सम्झौता गरेको हो । अरुण खड्काले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसी फाइनल भइसकेका छन् । 
 
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्तामा वितरक समेत रहेका सुनिल मानन्धर छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन, रामजी लामिछाने र कबिराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ ।
 
उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको छ । यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ फिल्म निर्माण गरेका अरुणले ‘फटाह फणिन्द्रे’  बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्म निर्माणमा बटुलेको अनुभवलाई निर्देशनमा खन्याउन लागेको उनले बताए । फिल्मले अपराधको विषयलाई कमेडीको माध्यमबाट भन्नेछ । 
Most Visited News (monthly)