Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2021/02/24
 
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते संसद विघटनको प्रस्ताव स्वीकृत गरेपछि सर्वोच्च अदालतमा दुई महिना लामो बहसपश्चात् संसद विघटनको मुद्दा किनारा लागेको छ । मंगलवार साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा ऐतिहासिक फैसला गरेपछि राजनीतिक दलदेखि आम नागरिकले खुसीयाली मनाएका छन् ।
 
नेपाली कलाकारहरुले पनि संविधानको रक्षा गर्दै सर्वोच्चले गरेको फैसलाको स्वागत गरेका छन् । अभिनेता भुवन केसीले सर्वोच्चको फैसलापछि फेसबकमा स्टाटस लेख्दै सर्वोच्चको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गर्नुका साथै हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको बताएका छन् ।
 
उनले सुझावसहित लेखेका छन्, ‘हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ । कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ । संवैधानिक संकट त टर्‍यो तर नेतृत्वमाथिको आशंका टरेको छैन । आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला ।’ 
 
उनले राजनीतिज्ञहरुलाई ‘मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला’ पनि भनेका छन् । नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसी प्रधानमन्त्री ओली निकट मानिन्छन् । गत वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनी केही पटक बालुवाटार समेत धाएका थिए । तर, बोर्ड अध्यक्षको नियुक्ति दिने आश्वासन दिएर धोका दिएको भन्दै उनी प्रधानमन्त्री ओलीसँग रुष्ट रहेको बताइन्छ ।
 

Most Visited News (monthly)