Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ का लागि ‘कास्टिङ कल’

फिल्मीखबर, काठमाण्डौ, 2021/02/23
 
सरकारले सिनेमा हल सञ्चालन र छायांकनका लागि अनुमति दिएपछि कोरोनाका कारण करीब १० महिना ठप्प भएको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । तत्काल सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु उत्साहित नदेखिए पनि फिल्म निर्माण धमाधम भइरहेको छ । अहिले केही फिल्म फ्लोरमा छन् भने दुई दर्जन बढी फिल्म छायांकनमा निस्कने तयारीमा छन् । 
 
लकडाउनपछि निर्माण घोषणा भएका फिल्मले अडिसन आह्वान गर्दै कलाकारको खोजी समेत गरिरहेका छन् । यस्तैमा, प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘बिहे पास’ ले पनि अडिसनबाट कलाकार छान्ने भएको छ । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण टिमले ‘कास्टिङ कल’ गरेको हो ।
 
फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना महिला कलाकारको आवश्यकता रहेको निर्देशक पौडेलले बताए । कथाको माग अनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ र अनुभवी कलाकारले अडिसन दिन पाउने निर्माण टिमले जनाएको छ । अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी ग्वार्को (ललितपुर) मा हुनेछ । 
 
 
अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा इमेल गर्न सक्नेछ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह निर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षको दाबी छ ।
Most Visited News (monthly)