Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निफका लागि ३१ देशका ६३ फिल्म छानिए

फिल्मीखबर, काठमाण्डौ, 2021/02/21
 
आउँदो मे ६ देखि १० (बैशाख २३ देखि २७ गते) सम्म काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ३१ देशका ६३ फिल्म छनोट भएका छन् । नेपाली फिचर फिल्मबाहेक महोत्सवमा ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागीता जनाएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् । 
 
कोरोनाका कारण नेपाली फिल्म प्रदर्शनमा आउन बाँकी रहेको र निर्माताहरुबाट समय माग भएकाले नेपाली फिल्मलाई थाती राखेर अन्य प्रतिस्पर्धी सार्वजनिक गरिएको उनले बताए । यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई पनि अलग्गै विधामा प्रतिस्पर्धा गराइनेछ । कोभिड १९ ले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । 
 
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरको गौतमबुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलरको बागमती अवार्ड, उत्कृष्ट फिचर नेपाली फिल्मलाई १ लाख र उत्कृष्ट सर्ट नेपाली फिल्मलाई ५० हजार प्रदान गरिनेछ ।
Most Visited News (monthly)