Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अर्जुन रेड्डी’ को नेपाली रिमेकका लागि कलाकारको खोजी

फिल्मीखबर, काठमाण्डौ, 2021/02/21
 
तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली रिमेक निर्माण हुँदैछ । यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले फिल्मका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोल (पुरुष र महिला) का लागि अडिसन आह्वान गरेको छ । चाँडै अडिसन आयोजना गर्ने तयारीमा निर्माण टिम छ ।
 
‘सेल्फी किङ्ग’ बाट निर्देशकिय यात्रा सुरु गरेका विशाल सापकोटाले निर्देशन गर्ने फिल्मका लागि अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा इमेल गर्न सक्नेछन् । फिल्मको नेपाली रिमेकको नाम भने तय भइसकेको छैन । करिब १ वर्ष अगाडि नै निर्माण घोषणा गरिएको फिल्म कोरोना भाइरसको महामारीका कारण छायांकनमा निस्कन सकेको थिएन ।
 
साउथ स्टार विजय देवगरकोन्डा अभिनीत ‘अर्जुन रेड्डी’ लाई सन्दीप रेड्डी भङगाले निर्देशन गरेका थिए । फिल्मले बक्सअफिसमा ५१ मिलियन कमाई गरेको थियो । यसको हिन्दी रिमेक ‘कबिर सिंह’ ले पनि साढे तीन सय करोडभन्दा बढी छापेको थियो । यो फिल्मको नेपाली रिमेक अधिकार युवा फिल्म्सले भारतीय १० लाख (नेपाली १६ लाख) मा खरिद गरेको जानकारी प्राप्त छ । 
 
‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले गत वर्ष अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए । दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मको निर्मातामा आशिष श्रेष्ठ पनि रहेका छन् । कलाकार छनोटपछि फिल्मको छायांकन सुरु हुनेछ ।
Most Visited News (monthly)