.jpg)
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन् ।
.jpg)
एक महिना लामो छायांकन अवधिमा निर्माण टिमले फिल्मका कुनै पनि दृश्यका तस्विरहरु सार्वजनिक गरेको थिएन । तर, शुक्रवार साम्राज्ञीले आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् फिल्मको सेटमा खिचेका पुष्पसँगका रोमान्टिक तस्विरहरु साझेदार गरेकी छन् । जसमा उनीहरु पोखराको एक होटलको छतमा बनाइएको स्विमिङ पुलमा फिल्मका लागि सिन दिँदै देखिएका छन् ।
.jpg)
तस्विरमा पुष्प टपलेस छन् । माघको जाडोमा फिल्मको छायांकन भएका कारण स्विमिङ पुलमा सिन दिँदै गर्दा साम्राज्ञी र पुष्पलाई निकै जाडो महशुस भएको तस्विर हेर्दा अनुमान गर्न सकिन्छ । तस्विरको पुष्ठभूमिमा चाँदीझैँ टल्किएको हिमाल पनि देख्न सकिन्छ । साम्राज्ञीले पुष्पसँगका तस्विर सार्वजनिक गर्दै आफ्नो कामको आनन्द लिने मान्छेले जे पनि गर्न सक्ने उल्लेख गरेकी छन् ।
.jpg)
यो फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । ‘तिम्रो मेरो साथ’ मा शिव ढकालको छायांकन, सविर श्रेष्ठको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र योगेश काजीको संगीत छ ।

