Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुईबाट तीन हुन समय लाग्छ : आँचल शर्मा

फिल्मीखबर, काठमाडौं, 2021/01/15
 
गत वर्षको फागुन अन्तिममा अभिनेत्री आँचल शर्मा र डा.उदिप श्रेष्ठले लगनगाँठो कसेका हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धपछि विवाह गरेका उनीहरु सार्वजनिक कार्यक्रममा खासै एकसाथ जान पाएका थिएनन् । विवाहको एक हप्तामा देश लकडाउन भएपछि उनीहरुले एकअर्कासँग नै बढी समय विताए । अहिले भने निमन्त्रणा आउने ठाउँमा उनीहरु साथमा नै पुग्न थालेका छन् ।
 
बिहीवार साँझ अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिंह रावतको रिसेप्सन पार्टीमा आँचल श्रीमानको साथमा पुगेकी थिइन् । खरानी रंगको साडीमा उनी निकै सुन्दर देखिएकी थिइन् । हातमा फूलको बुकेट बोकेका उदिप भने कालो रंगको सुटमा ठाटिएका थिए । दुवैले मिडियामार्फत् श्वेता र विजयन्द्रलाई बैबाहिक जीवनको शुभकामना दिए भने जोडी निकै सुहाएको भन्दै प्रशंसा पनि गरे ।
 
विवाहपछि सेलिब्रेटीहरुले सन्तानको विषयमा आउने प्रश्नको सामना नगरी सुखै पाउँदैनन् । आँचल र उदिपलाई पनि एक पत्रकारले सोधिहाले- ‘अब दुईबाट तीन जना कहिले हुने ?’ आँचलले पनि जवाफ दिन समय लगाइनन् । उनले भनिन्, ‘तीन जना हुन त समय लाग्छ । पहिला ५/६ वटा पार्टी खाउँ यसरी नै ।’ उदिपले पनि आँचलको कुरामा मुन्टो हल्लाउँदै सहमति जनाए ।
 
हिरोइनसँग विवाह गरेपनि आफूले धेरै भिन्नता नपाएको उदिपको भनाई छ । पत्रकारको एक प्रश्नमा उनले भने- ‘फिल्ममा पो हिरोइन त, रियल लाइफमा त श्रीमती नै हुन्छ नी ।’ उनको कुरामा आँचलले ‘एस’ भन्दै सहमति जनाइन् । बुहारी भएपछि आफूले बढी साडीमा लगाउन थालेको आँचल बताउँछिन् । आफूले साडी लगाउँदाभन्दा अरुले लगाइदिँदा बढी समय लाग्ने उनले बताइन् ।
Most Visited News (monthly)