Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भैंसेपाटीमा सुटिङ स्टूडियो बनाउन बोर्डले थाल्यो प्रक्रिया

एजेन्सी, काठमाडौं, 2021/01/14
 
चलचित्र विकास बोर्डले बनेपा नगरपालिका वडा नं १० भैंसेपाटीमा फिल्म छायांकनका लागि स्टूडियो निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । स्टुडियो निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको थियो । 
 
भैंसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा मात्र भवन निर्माण हुने र त्यसपछि क्रमशः आवश्यकीय भवनलगायतका संरचना निर्माण गरिने बोर्ड अध्यक्ष दाहालले बताए । ‘आउटडोर’ का लागि यो ठाउँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर सुटिङ स्टूडियो निर्माण हुने उनको भनाई छ । स्टूडियो निर्माणका लागि ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको छ ।
 
इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका सेटहरू निर्माण गरिनुका साथै आउटडोरमा नेपाली फिल्मको इतिहासको अध्ययन गर्नेहरुका लागि फिल्म म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन, निर्देशनकक्ष र स्टुडियोसँगै गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रमका लागि सभा हल समेत निर्माण गर्ने योजना रहेको अध्यक्ष दाहालले बताए ।
Most Visited News (monthly)