Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

हलमा शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’

फिल्मीखबर, काठमाण्डौ, 2021/01/14
 
माघे संक्रान्तिको सार्वजनिक विदाको मौका छोप्दै बिहीवारबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ । दिपेश सापकोटा निर्देशित यो फिल्मलाई मल्टीप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई कूल १२ सोज बाँडेको छ । लकडाउनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म हो ।
 
१ घण्टा ३५ मिनेट लम्बाईको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय रहेको छ । यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् । फिल्मका प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुन् ।
 
यशोदा राई र दिनेश दर्शनधारी निर्माता रहेको फिल्मको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्मित यस फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले देशभर वितरण गरेको छ । प्रचार-प्रसार बिनै प्रदर्शनमा आएको यो फिल्मले फिल्म क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
 
कोरोना भाइरसका कारण ९ महिनासम्म बन्द भएका सिनेमा हल गत महिनाको पुष १० गतेबाट सञ्चालनमा आएका थिए । तर, निर्माताहरुले नयाँ फिल्म नदिँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाइरहेका थिए । यो समयमा शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन गर्ने जोखिम उठाएकोमा फिल्मकर्मीहरुले प्रशंसा गरेका छन् ।
Most Visited News (monthly)