Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशान्तको नोट- ‘सायद म आफैंदेखि खुशी थिइनँ’

एजेन्सी, मुम्बई, 2021/01/13
 
अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको ७ महिना वितिसकेको छ । बलिउडमा फस्टाएको नेपोटिज्म र ग्रुपिज्मका कारण उनले आत्महत्या गरेको उनका प्रशंसकहरुको आरोप छ । कंगना रनावतलगायतका कलाकारहरुले पनि सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेका छन् । सीबीआई (केन्द्रीय अन्वेषण ब्यूरो) ले अहिले पनि यो केशमा अनुसन्धान गरिरहेको छ । 
 
अहिले सामाजिक सञ्जालमा उनको एक नोट भाइरल भएको छ । यो नोट सुशान्तकी सहोदर बहिनी श्वेता सिंहले इन्स्टाग्राममा शेयर गरेकी छन् । नोटमा सुशान्तले निकै गहन कुरा गरेका छन् । उनले लेखेका छन्, ‘मैले आफ्नो जिन्दगीको ३० वर्ष केही बन्ने कोशिशमा निकालेँ । म राम्रो टेनिस खेल्न चाहन्थेँ, राम्रो ग्रेड ल्याउन चाहन्थेँ । मैले सबै त्यो नजरबाट हेर्न थालेको थिएँ ।’ 
 
उनले अगाडि लेखेका छन्, ‘सायद म आफूदेखि आफैं खुशी थिइनँ, राम्रो हुने सपना देख्थेँ । तर, पछि बुझेँ कि म गलत खेल खेल्दैछु । किनकि, वास्तवमा खेल त म को हुँ भन्ने थियो ?’ सुशान्तको यो नोटले उनका फ्यानहरु इमोसनल भएका छन् । ‘धोनी, केदारनाथ, छिछोरे’ जस्ता यादगार फिल्ममा काम गरेका सुशान्त आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । 
Most Visited News (monthly)