Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

‘मास्टर’ नेपाल ल्याएका राठी भन्छन्, ‘नेपाली फिल्ममा किन खर्च गर्ने ?’

फिल्मीखबर, काठमाडौं, 2021/01/13
तमिल सुपरस्टार विजय र विजय सेतुपती स्टारर फिल्म ‘मास्टर’ भोलीबाट भारतसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ । यो फिल्मले कोरोनाका कारण धरासायी अवस्थामा पुगेको तमिल फिल्म इन्डस्ट्रीलाई आफ्नो लयमा फर्काउने अपेक्षा गरिएको छ । तेलगु, कर्णाटक र हिन्दी भाषामा समेत रिलिज हुन लागेको फिल्मको भारतमा आइतवारबाटै अनलाइन बुकिङ खोलिएको छ ।
 
दुई तमिल सुपरस्टारले पहिलो पटक एकसाथ अभिनय गरेका कारण ‘मास्टर’ को प्रतिक्षा नेपाली दर्शकहरुमा पनि व्यग्र थियो । तर, पुष १० गतेबाट खुलेका सिनेमा हलहरु दर्शकविहीन हुँदा कुनै वितरक कम्पनी लाखौंमा यो फिल्मको नेपाल प्रदर्शन अधिकार लिएर जोखिम उठाउने पक्षमा थिएनन् । तर, अब यो फिल्म भोलीबाट नेपालका सिनेमा हलहरुमा पनि प्रदर्शन हुने भएको छ । 
 
 
वितरक मनोज राठीको कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले ‘मास्टर’ को नेपाल प्रदर्शन अधिकार लिएको हो । भारतका सिनेमा घरमा फिल्मको टिकट काट्न दर्शकको अत्याधिक चाप देखिएका कारण नेपालमा पनि यो फिल्मले दर्शकको राम्रो साथ पाउनेमा वितरक राठी आशावादी छन् । दर्शकलाई सिनेमा हलमा फर्काउन आफूले जोखिम मोलेर भएपनि फिल्म ल्याएको उनले बताए ।
 
‘कसैले सुरुवात नगर्ने हो भने हल खाली नै रहन्छ । भोलीका लागि बाटो बनाउन हामीले जोखिम उठाएका हौं । नाफा वा नोक्सान जे भएपनि मार्केट बसाउन हाम्रो यो प्रयास हो । फिल्म हेर्न दर्शक आउँछन् भन्ने चाहिँ लागेको छ,’ उनी थप्छन्, ‘एउटा फिल्म ल्याएर ६ महिना नआउने वितरक हामी होइन । हामी त रेगुलर फिल्म लिएर आउँछौं अनि हामीले सुरुवात नगरे कसले गर्ने ?’
 
यो अवस्थामा पनि विदेशी फिल्मको नेपाल प्रदर्शन अधिकार लिन लाखौं खर्चिने वितरक नयाँ नेपाली फिल्म प्रदर्शनका लागि खर्च गर्न किन तयार छैनन् ? यो प्रश्नमा राठीले आक्रोशित भावमा भने- ‘नेपाली फिल्ममा किन खर्च गर्ने ? त्यसको जिम्मा हामीले लिएका छैनौं । नेपाली फिल्ममा खर्च अरु पनि त गर्नुपर्‍यो । नेपाली फिल्मका निर्माता करोडौंका कुरा गर्छन्, हामीले कहाँबाट ल्याउने ?’
 
फिल्म प्रदर्शनका लागि पहिला निर्माताहरु नै अगाडि सर्नुपर्ने उनको तर्क छ । कोरोना भाइरसका कारण वितरकहरु पनि ठूलो समस्यामा रहेको उनले बताए । उनी भन्छन्, ‘हाम्रो दशौं फिल्ममा करोडौंको लगानी छ । त्यसको ब्याज कसले दिन्छ ? कमिशनले ब्याज उठ्छ र ? अनि नेपालमा कुन चाहिँ निर्माताले आफैंले फिल्म बनाएका छन्, त्यही वितरक र डिजिटलको पैसाले होइन !’
Most Visited News (monthly)