Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संवादरहित ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2021/01/13
 
भोली माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेश सापकोटाले निर्देशन गरेको फिल्मको ट्रेलर संवादरहित छ । गीत र एक्सनलाई विशेष प्राथमिकता दिइएको ट्रेलरमा कुनै पनि कलाकारको संवाद समावेश गरिएको छैन । ट्रेलरमा प्रेम, रोमान्स, विछोड र रोदनलाई पनि अटाइएको छ ।
 
सोमवार सेन्सर पास भएको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय रहेको छ । यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । ट्रेलरमा उनीहरुलाई गीतमा देख्न सकिन्छ । 
 
फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्मित यस फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले देशभर वितरण गर्दैछन् । लकडाउनपछि सिनेमा हलमा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो ।
 
पुष १० गतेबाट देशभरका सिनेमा हल सञ्चालनमा आएपनि नयाँ फिल्म प्रदर्शन हुन सकेका थिएनन् । तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य छन् । जसले सिनेमा हलमा दर्शक उपस्थिति अत्यन्त न्यून छ । अब ‘एउटा यस्तो प्रेम कहानी’ ले सिनेमा हललाई पुरानै अवस्थामा फर्काउने धेरैको विश्वास छ ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)