Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वास्थ्य विग्रिएपछि रजनीकान्तले गरेनन् पार्टी घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2020/12/29
 
साउथ सुपरस्टार रजनीकान्त डिसेम्बर ३१ (भोली) मा नयाँ पार्टी घोषणा गर्ने तयारीमा थिए । तर, तमिलनाडुमा हुन लागेको विधान सभा चुनावभन्दा अगाडि उनले ठूलो घोषणा गरेका छन् । मंगलवार ट्विटरमा प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले राजनीतिक पार्टी घोषणा नगर्ने जानकारी दिएका छन् । यद्यपि, तमिलनाडुका जनताका लागि आफूले काम गरिरहने बताएका छन् ।
 
आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँद उनले लेखेका छन्, ‘गएको केही दिन अगाडि मेरो स्वास्थ्य अवस्था विग्रिएको थियो । यसलाई म भगवानको इशारा मान्छु । यही कारण मैले राजनीतिक पार्टी घोषणा गर्न सकिनँ । नयाँ पार्टी घोषणा गरेर चुनावमा उत्रिन नसके पनि सधैं जनताको सेवा गर्नेछु ।’ उनले नयाँ पार्टी घोषणा गर्न नसकेकोमा जनतासँग माफी मागेका छन् । 
 
फिल्मको छायांकनको क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई हैदराबादको एक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट उनी डिस्चार्ज भइसकेका छन् । रजनीकान्त लामो समयदेखि नयाँ पार्टी बनाउन राज्यका समर्थकसँग बैठक गरिरहेका थिए । यस वर्षको अन्तिममा उनी पार्टी घोषणा गर्ने तयारीमा थिए । तर, तत्काललाई पार्टी घोषणा स्थगित गरिएको छ ।
Most Visited News (monthly)