Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्किन सिटीको सिइओमा वर्षा

फिल्मीखबर, काठमाडौं, 2020/12/29
 
नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छिन् । आफूले अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला अगाडि बढाएको र नयाँ क्षेत्रमा सफल हुनेमा उनी विश्वस्त छिन् । तर, अभिनय र व्यापारलाई एकसाथ लैजान सहज नभएको उनको भनाई छ । स्किन सिटीमा आफ्नो केही शेयर रहेको उनले बताएकी छिन् ।
 
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व आफूसँग रहेको वर्षाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ- ‘फिल्म उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीसँगै सम्भावना पनि धेरै देखेकी छु । हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना छ ।’ 
 
हरेक मानिसको सौन्दर्यले आत्मविश्वास बढ्ने भएकाले स्किन सिटीमा अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ् सम्बन्धित समस्याको खोज र समाधानमा अनुभवी डाक्टरबाट उपचार हुने वर्षाले बताएकी छन् । फिल्म ‘नाई नभन्नु ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा अहिले ‘परदेशी २’ को छायांकनमा व्यस्त छिन् । अब उनले फिल्म ‘सुदूर’ को छायांकन थाल्दैछिन् ।
Most Visited News (monthly)