Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिसेम्बर फल्स’ का लागि नृत्य सिक्दै उपासना

फिल्मीखबर, काठमाण्डौ, 2020/12/29
 
फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले करीब एक वर्षपछि नयाँ फिल्ममा काम गर्दैछिन् । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ पछि उनले एक वर्ष अध्ययनलाई समय दिने बताएकी थिइन् । यो समयमा पनि उनलाई फिल्मको अफर भने टुटेन । लकडाउनमा मात्र ८/९ वटा फिल्मबाट अफर आएको उनको भनाई छ ।
 
फिल्म गर्ने निर्णय लिनुभन्दा अगाडि स्क्रिप्ट, ब्यानर र टिम हेर्ने गरेको बताउने उपासनाले एक वर्षपछि गत मंसिरमा फिल्म ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन् । यसमा उनको जोडी अभिनेता आर्यन सिग्देलसँग बाँधिएको छ । आर्यनबाट आफूले धेरै कुरा सिक्न पाउनेमा उनी विश्वस्त छिन् । नायक र नायिकाको उमेर अन्तरको कथा वाचन गर्ने फिल्मलाई प्रवीण झाले निर्देशन गर्दैछन् ।
 
यो फिल्ममा उपासनाको भूमिका बलियो रहेको बुझिएको छ । यसकारण पनि फिल्मलाई लिएर उनी उत्साहित छिन् । फिल्ममा आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाह गर्न अहिले उनी नृत्य सिकिरहेकी छन् । कोरियोग्राफर प्रविन सिंहको डान्स स्टुडियो ‘द डान्स हाउस’ मा उनले नृत्यको प्रशिक्षण लिइरहेकी छन् । उनले नृत्य सिकिरहेका भिडियो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।
 
लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनासँगै सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ । रवि नायडुले खिच्ने फिल्मको कथा बिपिका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो । २०७८ साउन १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।
Most Visited News (monthly)