Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’ को सुटिङ सुरु

फिल्मीखबर, काठमाडौं, 2020/12/28
 
सरकारले फिल्म छायांकनको अनुमति दिएसँगै अभिनेता द्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हिँड्दा हिँड्दै’ को छायांकन सुरु भएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको गोदावरीबाट छायांकन थालिएको निर्देशक मिलन आले मगरले जानकारी दिए । सुटिङको पहिलो दिन सलोन बस्नेत र अभिनेत्री सानिया खानको दृश्य खिचिएको छ । 
 
सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्ममा विकास थापा मगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारहरुको अभिनय रहनेछ । यही फिल्मबाट रेखा शाहले अभिनयमा डेब्यू गर्दैछिन् । प्रस्तुतकर्ता पंगेनी स्वयंको कथा रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्नेछ । फिल्म निर्माणमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले कोहलपुर मोडल कलेजसँग सहकार्य गरेको छ । 
 
प्रमोद कुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ निर्माता रहेको फिल्ममा महादेव शाही सह निर्मातामा छन् । काठमाडौं र गाईघाटमा छायांकन हुने फिल्मका छायाँकार सुमन तन्डुकार हुन् । फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी गर्नेछन् । देव महर्जनले द्वन्द्व रहने फिल्मको छायांकन अवधि ३५ दिन तोकिएको छ ।
Most Visited News (monthly)