Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मैंने प्यार किया’ पछि ८ महिना सलमानसँग थिएन काम

एजेन्सी, मुम्बई, 2020/12/27
 
बलिउड सुपरस्टार सलमान खान आइतवारबाट ५५ वर्षका भएका छन् । उनको जन्म भारतको इन्दौरमा २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । जिन्दगीमा कयौं उचारचढावको सामना गरेका उनी बलिउडका सबैभन्दा विवादित नायक मानिन्छन् । उनले जेल जीवन समेत विताएका छन् ।
 
लिड अभिनेताको रुपमा उनको पहिलो फिल्म ‘मैंने प्यार किया’ थियो । यो फिल्मले उनलाई रातारात सुपरस्टार बनाएको थियो । तर, फिल्म सपरहिट सावित भए पनि उनलाई करीब ८ महिना कुनै फिल्मबाट अफर भएको थिए । जसीम खानको किताब ‘बीइंग सलमान’ का अनुसार, उनलाई ८ महिनासम्म कुनै काम नमिलेपछि उनका पिता सलिम खानले एक रणनीति बनाएका थिए ।
 
‘मेरो पिताले जीपी दत्तासँग अनुरोध गर्नुभयो कि सलमानसँग फिल्म नगरे पनि यो घोषणा गरिदेऊँ कि मैले सलमानलाई फिल्ममा साइन गरेँ,’ सलमानले एक अन्तर्वार्तामा भनेका छन्, ‘यसले मेरो मार्केट भ्यालु बनिरहनेछ । मैले त्यो समय देखेको छु, मलाई सुपरस्टार भनेर बोलाइन्थ्यो तर म घरमा काम नभएर बसेको थिएँ ।’ फिल्म ‘सनम बेवफा’ पछि भने उनी कामविहीन हुन परेन ।
 
‘हल अफ फेम : सलमान खान’ किताबका अनुसार, सलमानले दोस्रो सुपरहिट फिल्म ‘सनम बेवफा’ पछि ६ गुना पारिश्रमिक बढाएका थिए । किताबमा निर्देशक सावन कुमार टाकलाई हवाला गर्दै लेखिएको छ, ‘मैले सलमानलाई ‘चाँदका टुकडा’ का लागि कति पारिश्रमिक लिन्छौं भनेर सोधेको थिएँ । उनले ‘सनम बेवफा’ भन्दा ६ गुना बढी मागे । म पनि उनको मागमा राजी भएँ ।’ 
Most Visited News (monthly)