Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुनमा हुने भयो १०औं नेफ्टा अवार्ड

फिल्मीखबर, काठमाडौं, 2020/12/27
 
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको १०औं संस्करण यसै वर्ष हुने भएको छ । आउँदो फागुन अन्तिम साता अवार्ड कार्यक्रम आयोजना हुने प्राविधिक संघले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । नेफ्टा अवार्ड गत वर्षको चैत १५ गते काठमाडौंस्थित टुँडिखेलमा गर्ने घोषणा गरिएको थियो । तर, कोरोनाका कारण अवार्ड स्थगित गरिएको थियो ।
 
नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । फिल्म क्षेत्रलाई चलायमान र सक्रिय बनाउन यसै वर्ष अवार्ड गर्न लागिएको नेफ्टाले बताएको छ । अवार्ड ३२ विधामा प्रदान गरिने बताइएको छ ।
 
 
‘हामी अवार्ड कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं,’ संयोजक पौडेलसँगै ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने मिति सार्वजनिक गर्नेछौं ।’ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरीरी कायम गरी कार्यक्रम गर्ने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । 
Most Visited News (monthly)