.jpg)
मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको ‘हलाल’ बोलको आइटम गीतमा अभिनेत्री सुष्मा कार्कीले नृत्य गरेकी छन् । भिडियोमा उनी बोल्ड अवतारमा प्रस्तुत छिन् । गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द र किशोर थापाको संगीत छ । भिडियोमा फिल्मका केही एक्सन दृश्य पनि समावेश गरिएको छ ।
लभस्टोरी-एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् । यो फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठ हुन् ।
फिस्टेल मुभिजको ब्यानरमा निर्मित फिल्ममा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । दीपेश सापकोटा निर्देशित फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् । निर्माण भएको लामो समयसम्म यो फिल्म रिलिज हुने वा नहुनेमा अन्योलमा थियो । अब भने फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
गीत हेर्नुहोस् :-

