Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुरनको जन्मदिनमा ‘तीन जुङ्गे’ घोषणा

फिल्मीखबर, काठमाडौं, 2020/12/27
 
निर्देशक, निर्माता तथा कलाकार पुरन थापाले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । ‘पिरिम पर्‍या छन्’, ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरि’ लगायतका फिल्मसँगै थुप्रै टेलिसिरियलको निर्देशन गरिसकेका उनले कमेडी जनरामा निर्माण हुने फिल्म ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । फिल्मको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ ।
 
बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारीले निर्माण गर्ने फिल्ममा निर्देशक थापासँगै लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, शिखा सुवेदी, ललीत सिंह साउद, विकल उप्रेती, सविता दनाइ, सुपा खनाल, छायाँ भुजेललगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्म खिच्ने जिम्मेवारी विमल ढकालले पाएका छन् । 
 
फिल्मका लागि मुख्य अभिनेता र अभिनेत्री भने छनोट हुन बाँकी रहेको निर्देशक थापाले बताए । फिल्ममा बिनोदकुमार भुजेलको संगीत, ललीत सिंह साउदको सम्पादन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ । सामाजिक विषयमा हास्यरस मिसाएर निर्माण गर्न लागिएको ‘तीन जुङ्गे’ सँगै फिल्म ‘फेरि–फेरि’ को खिच्न बाँकी दुईवटा गीत पनि छायांकन गर्ने तयारीमा निर्देशक थापा छन् ।
Most Visited News (monthly)