Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाइरेसी भएपछि यूट्युबमा आयो ‘छक्का पञ्जा ३’

फिल्मीखबर, काठमाडौं, 2020/12/24
 
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । गएको दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको फिल्म दशैंअघि ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा राखिएको थियो । यसबाट फिल्म पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा ‘छक्का पञ्जा ३’ सार्वजनिक गरेको हो । 
 
पाइरेसीको कपी धेरै दर्शकको मोबाइलमा पुगेपछि निर्माण टिमले हाइलाइट्स नेपाललाई यूट्युबमा फिल्म अपलोड गर्न आग्रह गरेको थियो । यूट्युबमा सार्वजनिक भएसँगै फिल्मले केही घण्टामा नै सकारात्मक प्रतिक्रियासहित लाखौं भ्यूज पाएको छ । यूट्युब रिलिजको १५ घण्टामा फिल्मलाई ६ लाखभन्दा बढी पटक हेरिएको छ । अहिले यो फिल्म यूट्युब ट्रेन्डिङको ८औं नम्बरमा छ ।
 
घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा समावेश दुई गीत ‘पहिलो नम्बरमा र पछि उमेर ढल्किन्छ’ अहिले पनि चर्चामा छन् ।
 
नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथितिको विषय फिल्मले उठान गरेको छ । व्यापारिकसँगै समीक्षात्मक रुपमा पनि सफल ठहरिएको यो फिल्मको चौथौं श्रृंखला यस वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोना भाइरसका कारण फिल्मको छायांकन समेत सुरु हुन सकेको छैन । अब स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुनेछ ।
 
फिल्म हेर्नुहोस् :- 
 

Most Visited News (monthly)