Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रश्मिकाले बलिउडमा डेब्यू गर्दै

एजेन्सी, मुम्बई, 2020/12/23
 
साउथको सुपरहिट फिल्म ‘डियर कमरेड’ मा काम गरेपछि चर्चामा आएकी अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यू गर्ने भएकी छन् । फिल्म ‘मिसन मज्नु’ मा उनी अभिनेता सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिन लागेकी हुन् । बुधवार यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । भारतको सबैभन्दा महत्वाकांक्षी गुप्त अभियानमा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।
 
फिल्म १९७० को दशकमा भएको वास्तविक घटनाबाट प्रेरित छ । भारत र पाकिस्तानबीच सम्बन्ध विग्रनुको मुख्य कारण फिल्मले देखाउनेछ । रोनी स्क्रूवाला, अमर बुटाला र गरिमा मेहताले फिल्मको निर्माण गर्नेछन् । परवेज शेख, असीम अरोरा र सुमित बठेजाले लेखेको यो थ्रिलर फिल्ममा सिद्धार्थ मल्होत्राले एक रअ एजेन्टको भूमिका निभाउँदैछन्, जसले मिशनको नेतृत्व गर्छ ।
 
शान्तनु बागचीले यो फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् । आफ्नो बलिउड डेब्यूलाई लिएर रश्मिका मन्दनाले भनेकी छन्, ‘मैले हरेक भाषाका दर्शकको निकै माया पाएको छु । एक अभिनेत्रीको रुपमा मलाई यो सधैं हुन्छ कि फिल्मको कहानीलाई म आफूसँग जोड्छु र फिल्मको भाषा मेरो लागि कहिल्यै बाधा बनेन ।  ‘मिसन मज्नु’ टिमको हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु ।’ 
Most Visited News (monthly)