
राजु अधिकारी निर्देशित फिल्म ‘माया बस्छ कि के हो !’ को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले आफ्नो आवाज भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा नव-अभिनेता सोनाल तामाङ र नव-अभिनेत्री कस्मता निरौला रोमान्टिक अवतारमा देखिएका छन् ।
गएको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले सोनाल र कस्मता फिचर तीन रोमान्टिक पोस्टर सार्वजनिक गरेको थियो । प्रेमकथामा आधारित भएर निर्माण भएको यो फिल्मबाट सोनाल र कस्मताले अभिनयमा डेब्यू गर्दैछन् । आरती अधिकारीको कथा रहेको फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी र निर्मातामा बहादुर सिंह तामाङ र गंगा गिरी रहेका छन् ।
मौनता श्रेष्ठको पटकथा तथा संवाद, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्मको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो । फिल्ममा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ । फिल्मलाई सिनेमा हल खुलेपछि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
गीत हेर्नुहोस् :-

