Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एभेन्जर्स’ निर्देशकको फिल्ममा धनुष

एजेन्सी, अमेरिका, 2020/12/18
 
हलिउडको चर्चित फिल्म ‘एभेन्जर्स इन्डगेम’ का निर्देशक रूसो ब्रदर्सको नयाँ फिल्म ‘द ग्रे म्यान’ मा साउथ इन्डियन फिल्मका अभिनेता धुनषको प्रवेश भएको छ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्ममा उनी विश्वभर ‘क्याप्टेन अमेरिका’ को नामबाट चर्चित क्रिस इवान्ससँग देखिनेछन् । फिल्ममा धनुष र क्रिसका अलावा रायन गोस्लिङ र एना डेको पनि मुख्य भूमिका रहनेछ । 
 
यो फिल्ममा धनुषको प्रवेश भएको निर्माण टिमले औपचारिक जानकारी गराएको छ । ‘द ग्रे म्यान’ उनको दोस्रो हलिउड फिल्म हुनेछ । उनले यसअघि २०१८ मा रिलिज भएको फिल्म ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकीर’ मा मुख्य भूमिका निर्वाह गरेका थिए । केन स्कटले निर्देशन गरेको यो फिल्म रोमेन प्यूर्टोलासको पुस्तक ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ द फकीर’ मा आधारित थियो ।
 
‘द ग्रे म्यान’ करीब २ सय मिलियन अमेरिकी डलरमा निर्माण हुने बताइएको छ । यो फिल्म सन् २००९ मा प्रकाशित भएको मार्क ग्रेनेको पुस्तक ‘द ग्रे म्यान’ मा आधारित भएर निर्माण हुन लागेको हो । फिल्ममा धनुषको भूमिका खुलाइएको छैन । जनवरीबाट फिल्मको छायांकन लस एन्जलसबाट सुरु हुनेछ । फिल्म एक किलर र पूर्व सिआइए अपरेटिभ कोर्ट जेन्ट्रीको वरिपरि घुम्नेछ । 
Most Visited News (monthly)