
नेपाली कलाकार प्रेम सम्बन्ध गोप्य राख्न निकै सिपालु मानिन्छन् । प्रायः कलाकारहरु करिअर डामाडोल हुने डरले खुलेर प्रेम व्यक्त गदैनन् । सकभर लुकाउनै निको ठान्छन् । मिडियाले चाल पाए उनीहरुसँग रेडिमेड जवाफ पनि हुन्छ, ‘हामी गुड फ्रेन्ड हौं, तर प्रेम छैन ।’ अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले पनि एक वर्षदेखि यही जवाफ फर्काउँँदै आएका छन् ।
अभिनेता आमेष भण्डारीसँग प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताउने नीता डेढ वर्षदेखि फिल्म ‘शुभ लभ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका युवा ज्योतिष हरिहर अधिकारीको प्रेममा रहेको चर्चा छ । फिल्मीखबरले पहिलो पटक यो कुरा सार्वजनिक गरेपछि उनीहरुलाई हरेक अन्तर्वार्तामा एकअर्कालाई जोडेर प्रश्न सोधिने गरेको छ । तर, दुवैले प्रेम सम्बन्ध नकार्दै आएका छन् ।
यसबीच, नीताले पहिलो पटक हरिहरसँग टिकटक भिडियो बनाउँदै प्रेम अभिव्यक्त गरेकी छन् । बिहीवार साँझ आफ्नो टिकटक एकाउन्टमा उनले गायिका मिलन नेवारको स्वरमा रहेको चर्चित गीत ‘फुलबुट्टे सारी’ मा हरिहरसँग टिकटक बनाएकी छन् । टिकटकमा हरिहर लजाउँदै मुस्कुराएका छन् । उनीहरुको प्रेम सम्बन्धको चर्चालाई यो टिकटकले थप मलजल पुर्याएको छ ।
बुझिए अनुसार, नीता र हरिहरको चिनजान नीताको भाईको माध्यमबाट भएको थियो । २ वर्ष अगाडि नीताको बर्थ-डे सेलिब्रेसनमा उपस्थित हुँदा हरिहरले एक अन्तर्वार्तामा भनेका थिए- ‘नीतासँग प्रायः भेटघाट भइरहन्छ । उहाँको घरमा गएर चिया पनि खाएको छु । मलाई उहाँ सबै कुरामा राम्रो लाग्छ ।’ उनले नीतालाई मक्कर राशीको व्यक्तिसँग विवाह गर्न पनि सुझाव दिएका थिए ।
@neetadhungana ♬ original sound - Milan Newar

