Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिसो मान्छे’ मा अर्पण अनुबन्ध

फिल्मीखबर, काठमाण्डौ, 2020/12/13
 
भर्सटायल अभिनेताको रुपमा परिचित अर्पण थापा नयाँ फिल्म ‘चिसो मान्छे’ मा अनुबन्धित भएका छन् । आइतवार निर्मात्री शर्मिला पाण्डेले उनीसँग कागजी सम्झौता गरेकी हुन् । हुनत, यसअघि नै फिल्ममा अर्पणको अभिनय रहने खबर बाहिरिएको थियो । तर, यस विषयमा निर्माण टिमले जानकारी दिएको थिएन । फिल्मलाई ‘आमा’ निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । 
 
मानिसहरुमा देखिएको नैराश्यताको कथा वाचन गर्ने फिल्ममा अभिनेत्री स्वस्तिका खड्काको पनि मुख्य भूमिका रहनेछ । गएको शुक्रवार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । यो फिल्मका लागि उनले १८ लाख पारिश्रमिक बुझेको चर्चा छ । फिल्ममा उनको भूमिका शक्तिशाली रहेको निर्मात्री पाण्डेले बताएकी छन् । स्थिति सामान्यपछि फिल्मको छायांकन सुरु हुनेछ ।
 
निर्देशक खनालले लकडाउनको समयमा फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । उनी आफैंले फिल्म खिच्दैछन् । उनले फिल्म ‘आमा’ को छायांकन पनि आफैंले गरेका थिए । २०७८ साल भदौ ११ गते प्रदर्शनमा आउने फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुनेछ । पहिलो पटक स्वस्तिमा र अर्पणले स्क्रिन शेयर गर्न लागेका कारण दर्शकमाझ फिल्मप्रति कौतुहलता बढेको छ । 
Most Visited News (monthly)