Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मिथुन चक्रवर्तीले बोलाएर मुम्बई गएको थिएँ : जेनिशा केसी

फिल्मीखबर, काठमाण्डौ, 2020/12/13
 
जतिबेला अभिनेता विराज भट्टको नेपाली फिल्ममा रजगज थियो, त्यसबेला अभिनेत्री जेनिशा केसीलाई फिल्ममा भ्याइनभ्याइ थियो । डेब्यू फिल्म ‘गिरफ्तार’ मा नै उनको जोडीको रुपमा विराज थिए । यसपछि विराज अभिनीत प्रायः फिल्ममा जेनिशा छुटिनन् । एक समय विराजले आफूलाई अफर हुने हरेक फिल्ममा अभिनेत्रीमा जेनिशाको नाम सिफारिस गर्ने गरेको चर्चा चलेको थियो । 
 
‘निगरानी, भागी भागी नजाउ, दोस्ती, तिमी विनाको जीवन, सिन्दूर’ लगायतका फिल्ममा विराज र जेनिशाले सँगै काम गरेका छन् । एकपछि अर्को फिल्ममा सहकार्य हुँदा उनीहरु प्रेममा रहेको चर्चा पनि चलेको थियो । तर, यसलाई दुवैले अफवाह भन्दै टारे । विराज भोजपुरी फिल्ममा जानुभन्दा अगाडिसम्म जेनिशालाई फिल्मको कमी थिएन । ठूला ब्यानरको रोजाइमा समेत उनी थिइन् ।
 
विराजले भोजपुरी फिल्म गर्न थालेपछि जेनिशाले केही फिल्ममा काम गरिन् । तर, कुनैले उनको करिअरलाई बचाउन मद्दत गरेनन् । यसपछि बलिउड प्रवेशका लागि मुम्बई हानिएकी उनी अहिले नेपालमा छिन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा आफूले बालाजी फिल्मस्बाट निर्देशनमा डिप्लोमा गरेको बताएकी छन् । एक वर्षभित्र फिल्म अभिनयमा पनि फर्किने उनको भनाई छ ।
 
बलिउडमा जान आफूले गरेको संघर्ष स्मरण गर्दै उनले भनेकी छन्, ‘मिथुन चक्रवर्तीले बोलाएर म मुम्बई गएको थिएँ । उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुभयो । तर, बलिउडमा प्रवेश गर्न सहज छैन । जो कोहीले सक्दैन । महिलालाई झन् गाह्रो छ । मैले साढे २ वर्ष मुम्बईमा विताएँ । यसपछि लाग्यो कि विजनेशमा पनि हात हाल्नु पर्छ । अहिले दुबईमा विजनेश सुरु गरेको छु ।’ 
 
फिल्म निर्माण गर्ने सोचमा समेत रहेकी जेनिशा आफूलाई विराज भट्टले फिल्म ‘साङ्लो’ बाट अफर गरेको पनि बताइन् । तर, विजनेशका कारण फिल्म गर्न नसकेको उनको भनाई छ । उनले विराजसँग आफ्नो सुमधुर सम्बन्ध रहेको पनि बताएकी छन् । मुम्बई बस्दा भोजपुरी फिल्म ‘काशी अमरनाथ’ को एक गीतमा ठुम्का लगाएकी जेनिशा अभिनीत पछिल्लो फिल्म ‘एक पल’ हो ।
Most Visited News (monthly)