Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुख फेरि बने भारतका सर्वाधिक धनी अभिनेता, तेस्रोमा सलमान

फिल्मीखबर, काठमाडौं, 2026/09/24

Shah Rukh Khan, Salman Khan, and Amitabh Bachchan

 

बलिउड सुपरस्टार शाहरुख खान लगातार दोस्रो पटक भारतका सर्वाधिक धनी अभिनेता बनेका छन् । ‘हुरुन इन्डिया रिच लिस्ट २०२६’ अनुसार उनी मनोरञ्जन क्षेत्रबाट सबैभन्दा धनी अभिनेताको शीर्ष स्थानमा पर्न सफल भएका हुन् । सन् २०२५ मा पनि उनी पहिलो स्थानमा थिए । यस वर्ष उनको कूल सम्पत्ति भारु दश हजार करोड पुगेको छ । 

यो सूचीमा चार हजार करोड सम्पत्तिसहित अभिनेता अमिताभ बच्चन दोस्रो स्थानमा छन् । यस वर्ष उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको देखिन्छ । सन् २०२५ मा उनको सम्पत्ति १ हजार ६ सय ३० करोड मात्र रहेको उल्लेख थियो । फिल्म तथा टिभी शो ‘कौन बनेगा करोडपति’बाट प्राप्त गर्ने पारिश्रमिक र विभिन्न व्यवसायबाट उनको सम्पत्तिमा उछाल आएको हो । 

भारतका सर्वाधिक धनी कलाकारको तेस्रो स्थानमा भने सलमान खान छन् । उनले तीन हजार करोड सम्पत्तिसहित पहिलो पटक यो सूचीमा आफ्नो स्थान बनाएका हुन् । यसपटक ऋतिक रोशन पनि धनी कलाकारको सूचीमा परेका छन् । उनको सम्पत्ति २ हजार ५०० करोड भारु पुगेको उल्लेख छ, जुन गत वर्षको तुलनामा ३४० करोड रुपैयाँले बढी हो । 

‘हुरुन इन्डिया रिच लिस्ट २०२६’मा यसपटक केही पुराना ठूला नाम भने अटेका छैनन् । गत वर्ष ७ हजार ७ सय ९० करोड सम्पत्तिसहित अभिनेत्री जूही चावला र १ हजार ८ सय ८० करोड सम्पत्तिसहित निर्माता करण जोहर ‘टप फोर’भित्र परेका थिए । तर, यसपटक उनीहरू दुवै सूचीबाट बाहिर छन् । यसले यस वर्ष उनीहरूको सम्पत्तिमा भारी गिरावट आएको देखाउँछ ।