मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Deepak Limbu

( Singer )
Date of birth
4th May, 1983 [ २०४० वैशाख २१, बुधवार ]
Birth Place
Prakashpur-8, Sunsari
Education
+2
How many stars do you like to give ?
  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(288 votes, avg 3.62/5.00)
BIOGRAPHY
Text size:
+
-

९ बर्षको कलिलो उमेरबाट नै आफ्नो बुवाआमाको माया पाउनबाट बञ्चित गायक दिपक लिम्बु अहिले नेपाली गायन क्षेत्रका जल्दाबल्दा गायकका रूपमा परिचित छन् ।

 

२०६२ सालमा भएको नेपाल तारामा प्रथम स्थान हात पारेपछि उनलाई कहिल्यै पछाडी फर्केर हेर्नु परेन । सानै उमेर देखि संगित प्रति रूचि देखाउने दिपकले बुवाआमाको स्वर्गारोहण पश्चात निकै संघर्ष गर्नु परेको बताउँछन् । २०५९ सालमा रेडियो नेपालबाट स्वर परिक्षामा पास भए पछि उनले आफ्नो गायन यात्रा सुरू गरेका हुन् । धरानमा करिब ८/९ बर्षको संघर्ष पश्चात दिपक २०५९ सालमा काठमाण्डौ पसेका हुन् ।

 

काठमाण्डौ पसेपछि पनि निकै संघर्ष गर्नु परेको उनी बताउँछन् । करिब १० बर्ष अघिनै बिबाह बन्धनमा बाँधिएका यि गायकले अहिले सम्म चलचित्र र आधुनिक गरि करिब २५० गितमा स्वर दिइसकेका छन् । जस्तो सुकै गित पनि गाउन मन पराउने यि गायक भन्छन् - 'मेरो ढुकढुकी जहिले सम्म रहन्छ त्यो बेला सम्म म संगितमै लागिरहन्छु ।'

 

पुरस्कार :-                                ब्राईटर तिम्रो सुर मेरो गितमा प्रथम (२०५७),

                                                  पूर्वाञ्चल आधुनिक गित प्रतियोगितामा प्रथम (२०५८),

                                                  उत्कृष्ट गायक (२०६४),

                                                 छिन्नलता पुरस्कार (२०६४),

                                                  नेपाली तारा (२०६२) ।

सांगितिक गुरू :-                      प्रियदर्शी बिनोद राई र अनुश्री बेनर्जी (कलकात्ता)


बिदेश भ्रमण :-                        सिङ्गापुर, मलेसिया, हङकङ, कोरिया, कतार आदि ।

CELEBRITY TWEETS » Click here to Follow us