मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

जय हो नेपाली फिल्म !

अखण्ड भण्डारी, काठमाण्डौ, २०७० माघ १३, सोमवार

सलमान खानलाई बलिउड बक्स अफिसका 'किङ' भनिन्छ । सलमान हुन् वा आमिर वा अरू कुनै— खानसँग प्रतिस्पर्धा गर्दा सबैको सातो जान्छ । हिन्दी फिल्मको लामो राज्यपछि नेपालमा '६ एकान ६' ले केही दिन सत्ता कब्जा गर्‍यो । शासन दह्रै जमिरहेका बेला गतसाता भेटिएका निर्माता दीपकराज गिरीले पसिना पुछ्दै मसँग भनेका थिए— 'जति चले पनि के गर्नु, खानको फिल्म आउँदैछ । त्यसमा पनि सलमान खानको । आफ्नो त जति दौडिन्छ, त्यसअघि मात्र हो ।'

हलवालाको पनि कुरा उस्तै थियो । खानको फिल्म चलाउन पाए खनिएरै पैसा आउँछ भन्ने हुन्छ उनीहरूलाई । अनि दर्शक भरिइरहेको '६ एकान ६' लाई खुम्च्याएर केही राम्रा हलले सलमानको 'जय हो' लाई गत शुक्रबारबाट छिराए पनि । दर्शक आएर '६ एकान ६' कै टिकट मागेर हैरान पारेपछि दुई-तीन दिनमै पुनःविचार गर्न बाध्य भए । सिभिल मलले आजबाट 'जय हो' घटाएर '६ एकान ६' फेरि थप्दैछ । सिटी सेन्टरले पनि त्यसै गर्दैछ । केएल टावरले हिजैबाट 'जय हो' का ठाउँमा दिनेश डीसी निर्देशित '६ एकान ६' भित्र्याइसक्यो ।

खानसँग भिड्न नसक्ने कमजोर मनोबल भएका दीपकराज अन्ततः प्रतिस्पर्धामा अघि पो बढे । नेपाली फिल्मलाई हेर्ने दृष्टिकोणमा भने उनीसमेत पछारिए । दर्शकले कस्तो मन पराउँछन् भन्ने भन्दा कसलाई र कहाँकालाई मन पराउँछन् भन्ने पुरातनपन्थी सोचाइ बदल्न यो फिल्मले उदाहरणको काम गर्‍यो । तेस्रो सातामा प्रवेश गरेको एउटा नेपाली फिल्मले सलमान खानको कोटा तान्नु चानचुने कुरा होइन । '६ एकान ६' ले त्यो सक्यो ।

नेपालका सिनेमा घर उद्योगमा हिन्दीले निकै समय एकछत्र राज गर्‍यो । उताबाट आउने फिल्मले गतिलो थैलो भरेर भारु बनाउँदै लगे । सत्य यो पनि हो— डुबिसकेका फिल्म हलहरू उतैका माल बेचेर विस्तारै उक्सिए । द्वन्द्वले खाएको मनोरञ्जन उद्योग घसि्रँदै फेरि म्याराथन चरणमा आइपुग्यो । नेपाली फिल्म बन्ने क्रम बढ्यो । तर चल्ने क्रम उल्लेखनीय बढेन । व्यापारका लागि हलहरूले बलिउडकै भर पर्नुपर्ने अवस्था रह्यो । तिनीहरूका दाँजोमा नेपालीको व्यापार फिस्टो नै भइरह्यो । नयाँ परिणामले भने राम्रा नेपाली फिल्मको बजार पनि नराम्रो छैन भन्ने पुष्टि गराइदियो ।

सुखान्त संयोग हो वा हाम्रो सुदिन सुरुआत— २४ गतेदेखि अर्को त्यस्तै बेजोड फिल्म लाग्दैछ । त्यो हो, 'झोला' । कृष्ण धरावासीको कथामा यादवकुमार भट्टराईले निर्देशन गरेको यो फिल्मको बजारमा नआई अत्यधिक प्रशंसा भइसकेको छ । नेपाली समाजको पुरानो खोट 'सती प्रथा' देखाउने 'झोला' सांस्कृतिक एवं कलात्मक रूपमा उत्कृष्ट मात्र छैन, फरक शैलीको राम्रो फिल्म बनेर झुल्किरहेको छ । नायक, नायिका, गीत, नृत्य, द्वन्द्व आदि बिना पनि गतिलो फिल्म कुनै बन्छ भने त्यो नै हो 'झोला' ।

त्यसैले निराश नहुनुहोस्— केही समय नेपाली बजारमा नेपाली फिल्मकै वर्चस्व हुनेछ । एउटाले हँसाएर पैसा बटुलिरहेको छ भने अर्काले लिटरका लिटर आँसु पोखाएर पक्कै नगदको नौनी थुपार्नेछ । एउटाले जस्तै गम्भीरलाई पनि हँसाउँछ भने अर्काले जस्तै कठोरलाई पनि रुवाउँछ । यही हँसाइ र रुवाइसँगै नेपाली फिल्म उद्योग उकालो लाग्न सके हामीले गर्व गर्ने अवस्था आउने थियो । आशा गरौं— हामी त्यो चरणमा पुगिसक्यौं ।

विश्वव्यापीकरणको जमानामा विदेशी फिल्म चल्नै हुँदैन भन्ने छैन । बलिउडका मात्र होइन, हलिउडका पनि चल्नुपर्छ । चल्ने गरेका पनि छन् । तर सरोकार यो हो— वन साङ्लाले घर साङ्लालाई लखेट्नु भएन । सिंगै बजार अरूलाई दिएर स्वदेशी सिर्जनालाई भकभकी मर्न दिनु भएन । स्रष्टाले पनि समयको माग बुझ्न सक्नुपर्‍यो । दर्शकले के र कस्तो मनपराउँछन् भन्ने अनुसन्धान गरेरै बरु लगानी गर्नुपर्‍यो । डुब्नु भएन । एउटा सिंगै उद्योगलाई डुबाइरहनु भएन । नेपालीको स्वाभिमानलाई डुबाइरहनु भएन । गफ गरेर होइन, काम गरेर देखाउनुपर्‍यो । लखेटेर होइन, विस्थापन गरेर स्वदेशी फिल्मको बजार चम्काउनुपर्‍यो । स्वदेशी मनोरञ्जन विदेशको ठेक्का भइरहन दिनु भएन ।

त्यसो त बलिउडका फिल्मको ठूलो लगानी छ । ठूलो बजार छ । प्रविधि गतिलो छ । जनशक्ति पोख्त छ । तैपनि नेपालमा हुने करोडौं कमाइ उनीहरूका लागि एक प्रतिशत पनि होइन । नेपाली फिल्मले यहाँ त्यति कमाउनु हो भने रौनकै अर्कै हुन्छ । त्यसैले खरायो बस्ने जंगलमा हात्ती छोडिदिएर सर्वस्व पार्‍यो भन्नु आफ्नै मुख्र्याइँ हो । खरायोलाई आफ्नै संसारमा रमाउन दिनुपर्छ । उसको जीवन र आकारको पनि सम्मान गर्नुपर्छ । हात्तीसँग दाँज्ने हो भने कमिलासँग पनि तुलना गर्नुपर्छ । तर '६ एकान ६' ले एउटा कुरा प्रमाणित गरेको छ— हात्तीलाई पूजा गर्नेभन्दा राम्रो खरायोप्रति लोभिने पनि बढी हुनसक्दा रहेछन् है !

त्यसैले हामी दर्शकले पनि यो कुरा बुझौं । स्वदेशी सिर्जनालाई प्रोत्साहन गरौं । हिन्दीसँग नेपालीको होइन, नेपालीसँग नेपालीको तुलना गरौं । सियो बनाउन नसक्ने हामी फिल्म बनाउनसमेत नसक्ने सावित नहोऔं । लगानी गरौं, कमाऔं । यतै राखौं । त्यो पुँजीलाई राष्ट्र निर्माणका अरू पाटामा टेवा दिन प्रयोग गरौं । अनि पो बन्छ देश !

- See more at: http://www.ekantipur.com/np/2070/10/13/full-story/383184.html#sthash.5sfpvJ2N.dpuf

साभार : ईकान्तिपुर डट कम