मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई जिब्रे सन्यासीहरू : अनुप भट्टराई

फिल्मीखबर, काठमाण्डौ, २०६८ फाल्गुन ६, शनिवार

कलाकार, सिनेमा र सन्यास यी  कुरा उस्तै–उस्तै हुन् । अभिनय यात्राको दौरानमा कोही कलाकार फिल्म नपाएर सन्यासी बनेका छन् त कोही  बिहे पश्चात आफूलाई सन्यासी बनाएका छन् भने कोहीले डलरको पछी लाग्दै यो पेशाबाट सन्यासी कालकारको ट्याग भिरिसकेका छन् ।


यहि भिडमा सर्वप्रथम सन्यास घोषणाको प्रसंग सुरू गरौ अभिनेत्री झरना बज्राचार्यबाट । हतियार डेब्यू हिरोईन झरनाले फिल्म त धेरै खेलिन तर दर्शकको नजरमा उनले आफ्नो अभिनयको छाप छाड्न नसेकिरहेका बेला उनले ६ बर्षको ग्यापमा पुनः कोही मेरो खेलिन् तर कोही मेरो असफल भए लगत्तै उनी सन्यासी हिरोईन भनेर न्यूज म्याटर बनिन् । त्यति मात्र हैन झरनाले सन्यास घोषणा गरेको केही समय पछी  प्रशन्न पौडेलको मेरो बेष्ट फ्रेण्डबाट पुनः सन्यास तोडेको प्रसङ्ग बाहिरिएको थियो तर यूकेको मेडिटेसनले फुस्रद नमिल्दा उनको तोडिएको सन्यास पुनः जोडिन पाएन् । झरना मात्र हैन आलोक नेम्वाङ्गले पनि कोही मेरो रिजल्ट पश्चात फिल्मी सक्रियता नबढाउदा उनलाई पनि  अघोषित सन्यासी निर्देशकको रूपमा चित्रण गर्न सकिन्छ । यध्यपी म्यूजिक भिडियो निर्देशनमा भने उनको निरन्तरता जारी छ ।


सिनेमा सन्यासको प्रसंग र अमेरिका पनि करिब उस्तै-उस्तै हो । केही साता अघि मात्र अमेरिका हानिएकी यूना उप्रेती पनि अब सन्यासीको कलाकारको लिष्टमा परिसकेकी छिन् । बुझिएअनुसार उनी सिनेमा अभिनयमा नर्फकने गरी अमेरिका हानिएकी छिन् । यूना त पछिल्लो उदाहरण मात्र हो । सन्यास र पलायनको लिष्टमा पूजा चन्द, गौरी मल्ल, जल शाह, रमेश उप्रेती, सरोज खनाल पनि पर्छन् । मात्र यति फरक हो कि जल शाह र विपना थापा बैबाहिक बन्धनका कारण सन्यासी भए भने अरू डलर मोहले ।  सन्यास घोषणा गर्ने र तोड्नेको कलाकार पनि यो ईन्डष्ट्रीमा धेरै छन् ।

 

ढुकढुकीको सफलता पश्चात बाबुसाहेव निर्माण र त्यसको असफलताले रन्थनिएर करिश्मा मानन्धरले पनि केही बर्ष देश नै छाडिन् । देश छाड्दा करिश्माले सन्यास लिएको प्रसंगहरू चले  तर अमेरिकाको डलरले उनको मन धेरै बर्ष जित्न नसकेपछी अहिले उनी पुनः कलिउडमा सक्रिय छिन् । मात्र यति फरक हो कि करिश्माको पछिल्लो सक्रियता अमेरिका हानिनु भन्दा अघिको भन्दै निकै कम हो ।  सरोज खनाल जो सारंगी निर्माण समयमा सन्यास घोषणा गरेका थिए तर उनको सन्यासले पनि काम गरेन । यध्यपी सारंगी पश्चात केही चलचित्रमा अभिनय पश्चात उनी अमेरिका हानिए र गत बर्ष नेपाल आएर एउटा सिनेमा पनि खेले । अमेरिकाको बाटो खर्च निकालेर अहिले खनाल उतै छन् ।

 

 

खनालको प्रसंग त अलि पुरानो भो ब्रेकफेल रिलिज रिपोर्ट पश्चात ऋचा घिमिरेले पनि सन्यास घोषणा गरेको प्रसंग बाहिर आएको थियो तर ऋचाको आक्रोस र तनाव सेलाएपछी अहिले उनले आफ्ना सन्यासी भनाईलाई पुनः सुधार्न थालेकी छिन् । यस्तै गोठालो हिट भएपछी जव हिरोईन सृजना बस्नेत विवाह बन्धनमा बाँधिईन् त्यसपछी उनले सिनेमा अभिनयबाट सन्यास घोषणा गरिन् तर उनको श्रीमानको निधनको केही बर्ष पश्चात पुनः उनी अभिनयमा फर्किन् जुन निरन्तरता कछुवा गति उनको लाईफमा अझै यथावत छ । 

 

अभिनेता भूवन केसी र शिव श्रेष्ठको हकमा पनि सन्यास  प्रसंग लागू हुन्छ । चलचित्र ठूल्दाई सुपरहिट भएपश्चात शिव श्रेष्ठले सार्वजनिक रूपमै भनेका थिए, 'दर्शकको माया पाईरहेका बेला मैले सन्यास घोषणा गरे ।' तर उनको सो भनाई दुई बर्ष वित्न नपाउदै तोडियो र त्यसपश्चात अहिले सम्म शिव श्रेष्ठले अभिनयको यात्रालाई कछुवा गतिमा जारी राखेका छन् । यस्तै  भूवन केसीले पनि होमप्रोडक्सनको फिल्म सुपरस्टारबाट अनपेक्षित धक्का पाए लगत्तै फिल्म नखेल्ने बताएका थिए तर उनले त्यसो भनेको केही महिना वित्न नपाउदै सोभित बस्नेतको फिल्म राजु राजा राम खेल्दै सन्यास  तोडेका थिए ।

 

फिल्म नपाउने पाए पनि भने जति पारिश्रमिक नपाउने पिडाले यो क्षेत्रमा सन्यास घोषणा गर्ने  र पुनः फिर्ता लिने प्रचलनको निरन्तरता अहिले सम्म जारी छ । जुन निरन्तरताको पङिक्तमा सुमिना घिमिरे र अनुष्का ढकाल समेत थपिएका  छन् । सुमिनाले आफ्नो रूमर सार्वजनिक भए लगत्तै सन्यास घोषणा गरेको प्रसङ्ग बाहिरिएको थियो तर उनले अहिले यो पेशामा फर्किने प्रतिक्रिया मिडियामा दिईसकेकी छिन् । अनुष्काले पढाईका लागि भन्दै अभिनयबाट सन्यास घोषणा गरेपनि त्यो सन्यास बिहेका लागि हो रहेछ भन्ने प्रमाणित भैसकेको छ । त्यसैले दुई जिब्रो भएका यि सन्यासीहरूले फेरी सन्यास घोषणा  गरे र पुनः फिर्ता लिए भन्न धेरै बेर नलगाउलान् भन्ने कुराको कुनै विश्वस्नियता छैन ।