मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

टपलेस फोटो स्क्याण्डल र विनिता : शान्तिप्रिय

फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर १६, शुक्रवार

यसपाली रङ्ग पत्रकारितामा एउटा विषयले निकै चर्चा पायो । भर्खरै नायिका बन्दै गरेकी मोडल विनिता बरालले खिचेको फोटो टपलेस भएर आएपछि उनको यो चर्चा चुलिएको हो । टपलेस फोटोले यति धेरै चर्चा पायो कि उनले यो फोटो टपलेस होइन भन्नका लागि पत्रकार सम्मेलन नै गर्नुपर्‍यो । चपली हाइट नामक चलचित्रका लागि गरिएको फोटो सेसन नै विवादको मूल कारण थियो ।

 

चपली हाइट चलचित्रका लागि पोष्टरमा राख्ने गरी त्यस चलचित्रका नायक अमिर गौतमसँग खिचिएको उनको फोटो टपलेस रुपमा प्रकाशित भएको थियो । जुन कुरालाई विनिताले भने खण्डन गरेकी छिन् । उनी नाङ्गिएको भावसहित पत्रपत्रिकामा उनको फोटो सार्वजनिक भएपछि आफू उक्त फोटोमा नाङ्गिएको नभएर इनर वयरसहित ब्ल्याक ट्यूबमा आफू रहेको बताउनका लागि नै पत्रकरा सम्मेलन गरेकी थिइन् । नेपाली समाज र सामाजिक परिबन्धको रुपमा नै आफू रहेको र आफ्नो त्यसरी फोटो सार्वजनिक गर्नु पब्लिसिटीका लागि चलचित्रले गरेको प्रपोगाण्डासमेत भएको उनी भन्न भुलिनन् । किनभने उनले सो फोटो पोष्टरका पब्लिसिटीका लागि मात्र खिचिएको र यसरी सार्वजनिक नगर्ने सम्झौता समेत भएको बताइन् ।

 


नवनायिका विनिता बरालले फोटो सार्वजनिक समारोहमा आफ्नो फोटोको वास्तविक कथा बताउनका लागि चलचित्र चपली हाइटका निर्देशक दीपेन्द्र के खनाल निर्माता अर्जुन कुमार एवं सो फोटोका फोटोग्राफर राजीव श्रेष्ठसमेत उपस्थित भएर यथास्थिति सार्वजनिक गर्ने बताएकी थिइन् । तर पत्रकार सम्मेलनमा उल्लेखित तीन जना नै उपस्थित भएनन् । तर फिल्मीखबर साप्ताहिकले यसका निर्देशक दीपेन्द्र के. खनाललाई सम्पर्क गर्दा उनले आफूलाई यस फोटोका बारेमा कसरी बजारमा आएको भन्ने कुरा थाहा नभएको बताए । निर्माता अर्जुन कुमारलाई सम्पर्क गर्दा फोटोग्राफरले सो फोटो लिक गरिदिएको बताउँछन् । तर फोटोग्राफर राजीव श्रेष्ठ भने आफ्नो काम फोटो खिच्नु मात्रै भएको यो फोटो अर्जुनकुमारसँगै रहेकोले उनैले सार्वजनिक गरेको हुनुपर्छ भन्छन् । यता निर्माता अर्जुन कुमार यो फोटो विनितासँगै भएकोले ऊ आफैंले आफ्नो प्रचारप्रसार गर्न यस्तो प्रपोगाण्डा गरेको बताउँछन् ।

 

एक किसिमले भन्दा फोटोका बारेमा एउटा माखेसाङ्गलो उनिएको छ र अविश्वासको वातावरण एकअर्कामा बनाइएको छ । निर्देशकसँग यो फोटो छैन तर यसका निर्माता फोटोग्राफर एवं विनितासँग भने यो फोटोको संग्रह थियो । यस हिसाबले हेर्दा यी तीनजनामध्ये आफैंले फोटो पब्लिस गरेको हुनुपर्छ । तर मुख्य कुरा के हो भने यो फोटो पब्लिस गर्नका लागि नै बनाइएको थियो । भलै त्यो पोस्टरका माध्यमले पब्लिस गर्ने सोच थियो । चलचित्रका निर्माता अर्जुन कुमारले विनिता आफैंले यो फोटो पब्लिस गर्नका लागि पठाएको बताउँदा नबताउँदै विनिता भने अर्जुन कुमारले नै फोटो सार्वजनिक गरेको भनिसकेको बताइरहेकी छिन् । यता अर्जुन कुमार पोष्टरमार्फत सार्वजनिक गर्न लागेको फोटो अनावश्यक रुपले चर्चामा आएपछि पोस्टरलाई नै रद्द गरेको समेत बताएका छन् । 'अब विनिताका बारेमा के कुरा गर्नु  मैले त सुटिङको बीचबाटै उसलाई निकालिदिन खोजेको थिएँ । रुन र आत्महत्या गर्ने जस्तो धम्की दिने उसको पुरानो बानी हो फेरी एक पटक यसै गरेको कारणले उसले गरेको पत्रकार सम्मेलनको खर्च समेत मैले नै गरिदिएको हो । तर म पत्रकार सम्मेलनमा आउँदिन भनेकै थिएँ उसले किन आउँछ भनी मलाई थाहा भएन', अर्जुनकुमारले भने ।


यसरी एउटा फोटोलाई लिएर जुन माखेसाङ्गलो यहाँ बुनिएको छ यो अलिकति हाँस्यास्पद नै लाग्छ । वास्तवमा यो फोटोमा त्यस्तो के छ र  भन्ने प्रश्न यी सबैसँग छ । तर विनिता यही फोटोले आत्तिरहेकी छिन् । उसले जस्तो फोटो खिचि त्यस्तै प्रकाशित भएको भन्ने कुरामा निर्माता र फोटोग्राफर छन् । तर नायिका विनिता इनर वेयरसहित ब्ल्याक ट्यूब लगाएको बताउन भुल्दिनन् । जहाँ ब्ल्याक ट्यूब देखिएको छ त्यो फोटो उनी ओर्जिनल बताउँछिन् भने जहाँ ब्ल्याक ट्यूब देखिएको छैन त्यो फोटोसपको कारण बताउँछिन् । तर फोटोग्राफर राजीव भने जस्तो फोटो खिचिएको छ त्यस्तै फोटो पब्लिस भएको बताउँछन् । 'उनले केही पनि नलगाएको देखिनु फोटोग्राफी ट्रीक हो', राजीव भन्छन् ।

 

अर्को कुरा यहाँ के अचम्म छ भने फोटोग्राफर निर्माता अर्जुन कुमारले फोटो पब्लिस गर्न दिएको बताउँछन् भने निर्माता अर्जुनकुमार भने कि फोटोग्राफरले कि विनिताले नै दिएको हुनुपर्छ भन्छन् । अर्जुन कुमारले भनेअनुसार जहाँ फोटो प्रकाशित भयो त्यो त्यति चर्चामा नआएपछि विनिताले त्यसलाई चर्चामा ल्याएर अझै बढी दर्शक पाठकहरुले उनको फोटो हेरुन् भन्नका लागि नै पत्रकार सम्मेलन गरेको हुनुपर्छ भन्न पछि पर्दैनन् । अब विनिताको फोटोकै विषयलाई लिएर पत्रकार सम्मेलन नै हुने भएपछि त्यसको खर्च किन अर्जुन कुमारले नै बेहोरे त  भन्ने प्रश्न उठेपछि रुने कराउनेसँग केही नलाग्ने अर्जुन कुमारको कथन थियो ।


फोटोको मुख्य विषय भनेको उनले इनर वयर लगाएकी थिइन् की थिइनन् भन्ने नै प्रमुख विषय बनेको हो । दुवैखाले अर्थात् इनर वयर देखिएका वा नदेखिएका पनि फोटो सार्वजनिक भएका कारणले यी प्रश्न उठेका हुन् । चलचित्र चपली हाइट गर्नु अगाडि के म तिम्रो साथी बन्न सक्छु नामक चलचित्रबाट आफू निकालिएपछि रुँदै आत्महत्या गर्छु भनेर धक्मी दिएकी विनिताले यसपटक भने चलचित्रलाई मध्यनजर राखेर कुनै अगाडि कारवाही नगर्ने बताएकी छिन् । सायद उनले नै पोष्टरमा पनि यसखाले फोटो आउन रोकेको हुनुपर्छ भन्ने अनुमान गर्ने हो भने फोटो उनैले खिचाएकी हुन् र खिचाइएका फोटो उनले हेरेकी पनि हुन् । र फोटो पोष्टरकै लागि खिचाइएको हो । यति हुँदाहुँदै पनि अब यसका निर्माता निर्देशक भने विनिताको फोटो नै पोष्टरमा नराख्ने अवस्थामा पुगेका छन् ।


सेक्स्युअल साइकोलोजीमा आधारित चलचित्र चपली हाइटमा विनिता बराल हट भूमिकामा छिन् । त्यही भावलाई झल्काउन टपलेस बनाएर केही अघि पोष्टरमा राख्नका लागि उनको फोटो खिचिएको थियो । झट्ट हेर्दा नाङ्गिएको जस्तो देखिने उनको फोटो कानुनी प्रकि्रयामा अनावश्यक झन्झट भएका कारण आफू कुनै कारवाहीमा नउत्रने बताउँदा विनिता पनि खासै असन्तुष्ट छैनन् भन्ने बुझिन्छ ।


जे होस् एउटा फोटोका कारण चपली हाइटले राम्रै चर्चा पाएको छ । निर्देशक दीपेन्द्र के। खनालले यो चर्चाले प्रदर्शनकै टुंगो नलागेको चलचित्रलाई मद्दत गर्छ भने निर्माता अर्जुन कुमार पनि गलत चर्चाले चलचित्रलाई फाइदा नहुने बताउँछन् । सबभन्दा पहिला मुख्य कुरा के हो भने यो फोटो चर्चाको लागि कुनै एङ्गलबाट पनि आउँदैन भन्ने कथन निर्माता अर्जुन कुमारको छ । भलै जेहोस् टपलेश छ कि छैन भन्ने कुराले यतिखेर रङ्गपत्रकारिता रगमगिएकै हो ।

 

फिल्मीखबर साप्ताहिकबाट