मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होडबाजी नवनायिकाको : बिष्णु सुवेदी

फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण २३, सोमवार

आज भोली निर्माता निर्देशकलाई भेट्यो भने उनिहरु नयाँ नायिकाको खोजीमा भएको बताउँछन् । अहिले चलचित्र क्षेत्रमा मेरो चलचित्रका लागी नयाँ नायिका चाहिएको छ भन्दै हिड्ने निर्माता निर्देशकहरुको बोलाबाल नै देखिन्छ । हुन त नायिकालाई एउटा सर्पोटिङ पात्रको रुपमा मात्र चलचित्रमा प्रयोग गरेको पाइएको छ । नायिकाकै भरमा चलचित्र चल्दैन भन्ने मान्यता बोकेका चलचित्रकर्मीहरुले नायिकाहरुलाई देखाउने पात्रको रुपमा मात्र प्रयोग गरिएको पाइएको छ । केही चलचित्रलाई छोडेर हेर्ने हो भने धेरै चलचित्रमा नायिकाको भुमिका नायकको भुमिकालाई सबल बनाउन प्रयोग गरिएको हुन्छ तर नायिकालाई सबल बनाउन नायकको भुमिका कमै पाइन्छ । त्यसो त नायकका लागी ४–५ लाख पारिश्रमिक दिन तयार हुने चलचित्रकर्मीहरुले नायिकाको लागी १ लाख दिन पनि दाँतबाट पसिना निकाल्ने गर्दछन् ।


पछिल्लो केही समय यता चलचित्रमा हामीले पुराना नायिकाको अनुहार कम र नव नायिकाको अनुहार बढी देख्ने गरेका छौ  । नयाँ नायिकाहरुको ओइरो लागीरहेको चलचित्र उद्योगमा देखिएको तिब्र प्रतिस्पर्धाका बिचमा नव नायिकाहरु पनि प्रमुख भूमिका पड्काउने होडमा लागेको देखिन्छन् । केही वर्ष अघि सम्म नायिकाहरुको कमी महशुस गरिएको नेपाली चलचित्रमा अहिले भने गनि नसक्नु नायिकाहरु भित्रिएका छन् । यि मध्ये धेरै नायिकाहरु आफुमा भएको क्षमताले भन्दा पनि निर्माता निर्देशकसँगको सम्बन्धका कारण एक पछि अर्को चलचित्रमा ब्यस्त भएको पाइएको छ ।


अहिले निशा अधिकारी, नम्रता श्रेष्ठ, श्वेता खड्का, केकी अधिकारी, ऋचा सिंह ठकुरी, कल्पना शाही, रुवि भट्टराई, सौजन्य सुब्बा, माल्भिका सुब्बा, सुमिना घिमिरे, सुस्मा कार्की, निता ढुङ्गाना, जेनिशा केसी, रीमा बिश्वकर्मा, बेनिशा हमाल, रञ्जिता गुरुङ, ममता प्रधान, जिया केसी, स्नेहा शर्मा, खुस्बु न्यौपाने, सजना चौलागाई, स्वेता भट्टराई, अनुष्का ढकाल, लता योञ्जन, रागिनी खड्गी, सोनिया केसी, हर्षिका श्रेष्ठ, ऋचा शर्मा, अनिता दाहाल लगायतका नब नायिकाहरु नेपाली चलचित्रमा आफुलाई कसरी स्थापित गराउने भन्ने होडमा लागीरहेका छन् । यि मध्ये अधिकांश त अनेक हल्ला र स्क्याण्डलका साथै निर्माता निर्देशकसँगको सम्बन्धका कारण चर्चामा छन् ।
 


कुनै जमानामा चलेका हिरोइन नै चाहिन्छ भन्ने निर्माता निर्देशकहरुले अहिले भने नयाँहरूमा बढी क्षमता र सौन्दर्य देख्न थालेका छन् । धेरैले नयाँलाई सह-नायिका बनाएर चलचित्रमा भित्राए पनि कतिले त एकै पटक लिड रोलमा नै अभिनय गराएका छन् । लाखौको लगानी गरेर निर्माण गरीएको चलचित्रमा नयाँ नायिकासँग खुबि भएरै होला यसरी लिड रोलमा अभिनय गराइएको । लेखकबाट निर्देशक बनेका विकास आचार्यले चलचित्र 'नाइ नभन्नु ल' मा ऋचासिंह ठकुरीलाई एकै पटक लिड रोलमा अभिनय गराए । त्यो पनि ऋचा एकल नायिका थिइन् ।

 

यस्तै निर्देशक सुमन दहालले चलचित्र मन परेपछिमा त्यसअघि कतै नदेखिएकी कल्पना शाहीलाई प्रमुख भूमिकामा अभिनय गराए । यस्तै अभिनयबाट केही वर्ष टाडा रहेर निर्माता बन्दै भित्रिएका श्रीकृष्ण श्रेष्ठले आफ्नो चलचित्र कहाँ भेटिएलामा नयाँ नायिका भित्राए । डान्स सिक्दै गरेकी श्वेता खड्कालाई एकल नायिकाको रुपमा प्रस्तुत गरीएको यो चलचित्रले राम्रो व्यापार मात्र गरेन स्वेताको चर्चा पनि एकाएक चुलियो । म्यूजिक भिडियोमा राज गरेकी केकी अधिकारी पनि चलचित्र स्वरमा लिड नायिकाको रुपमा देखिइन् ।त्यसपछि उनले आइ एम सरी, मसान र मायाको बारिमा काम गरिन् ।

 

पछिल्लो समयका अधिकांश चलचित्रहरुमा पुरानाको भन्दा नयाँ नायिकाको अनुहार बढी देख्न पाइएको छ । निर्देशक नवीन सुब्बाले आफ्नो चलचित्र 'गुडवाई काठमाडौं' मा मिस नेपाल भएर पनि सिनेमा खेल्दिनँ भनेर बसेकी माल्भिकालाई नायिका बनाए भने निर्देशक आकाश अधिकारीले एनआरएन प्राप्ती घिमिरेलाई काठमाण्डौमा इन्ट्रोड्यूस गराए । यि बाहेक नायिका शुष्मा कार्कीले आफ्ना प्रेमि सुर्दशन थापाले निर्देशन गरेको चलचित्र 'के यो माया हो' मा लिड रोलमा अभिनय गरेकी छन् भनेऋचा शर्मा, सौजन्य सुब्बा, सुमिना घिमिरे, निता ढुङ्गाना,  हर्षिका श्रेष्ठलगायतका नायिकाहरु पनि शिर्ष भुमिका आफ्नो पोल्टामा पारिसकेका छन् ।


त्यसो त निर्माता निर्देशकहरुले नयाँ नायिका खोज्नुको पछाडी उनिहरुको अभिनय क्षमता भन्दा पनि शारीरिक आर्कषण प्रमुख भएको बेला बेला सार्वजनिक हुने गरेका हर्कतहरुले बताएका स्पष्ट पार्ने गरेको छ । कति निर्देशक निर्माताले नयाँ नायिकालाई नराम्रो नजरले हेर्ने गरेको कुराहरु बाहीर आउदा चलचित्र उद्योगको बदनाम भै हरेको छ । पर्दा पछाडिका जानकारहरूका अनुसार कतिपय निर्माता निर्देशक करिअरका लागि शरीर सुम्पने हिरोइनको खोजीमा हुन्छन ।

 

अब यस्तो घटना दोहोरिंदै जाने हो भने त्यस्ता नायिका तथा निर्माता निर्देशकहरूलाई निरूत्साहित गर्नुको विकल्प हुँदैन । हाम्रो मात्र हैन आम चलचित्र प्रेमी दर्शकहरूको चाहना यो हो की चलचित्रमा दक्ष नायिकाको जन्म होस् । अनि उनीहरूको सधैं राम्रो कामको मात्र चर्चा होस् । हामीलाई नराम्रो खबर छप्न बाध्य नबनाईयोस् । जय नायिका !