मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्रको विकासका सम्भावनाहरू : मनोज अधिकारी (दुबई)

फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण २३, सोमवार

नेपाली चलचित्रले आफ्नो चार दशक यात्रा पार गरेको छ । ‘आमा,’ ‘कुमारी’ हुदै ‘के यो माया हो’ सम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रमा धेरै नै उतारचढावहरू आए । संख्या, लगानी र प्रविधिमा नेपाली चलचित्रले ठुलो फड्को मारिरहेको कुरालाई नकार्न सकिंदैन । चलचित्रको शुरूवातका क्रममा बर्षमा १-२ चलचित्र बन्ने देशमा अहिले बर्षमा ७५ चलचित्र बन्छन् ।

 

सेलुलोइडमा खिचिने चलचित्रहरु आज ४K क्यामराले खिच्न थालिएको छ । त्यस्तै १५ लाखमा बन्ने चलचित्रहरु 'अचार्य' चलचित्र सम्म आउँदा २ करोडमा पुगेको छ । चलचित्र त बनाउदै गए त्यो आफ्नो ठाउँमा छ तर त्यो अनुसारको सम्भावित बजार खोज्न यहाँका चलचित्रकर्मीले कहिल्लै आँट सम्म पनि गरेनन् । पहिलेको तुलनामा नेपाली चलचित्र चल्ने हलहरू निकै कम भईसकेका छन् ।  धेरै हल बन्द भईसके भने केहि बन्द हुने अवस्थामा छन् । हलहरू भत्काएर अपार्टमेन्ट तथा सपिङ मलहरू बन्न थालेका पनि छन् ।

 

चलचित्रका CD र DVD का ब्यापार १४-१५ लाख थिए अहिले ३-४ लाखमा झरेको छ । चलचित्र हलमा लागिसके पछी सेटलाइट अधिकारको कुरा अनि चलचित्र फेरी बेच्ने सिस्टम त परै जाओस हलमा नेपाली पोस्टर टाँसेर हिन्दि लगाउने प्रचलन छ । भारतमा हालै रावण नामको एक चलचित्र TV को लागि ३५ करोड मा बिक्रि भो भन्दा अचम्म लाग्ला । नेपालमा भने यस्तो सिस्टम कहिले आउने ? यदि यहि सिस्टम नेपालमा पनि बन्यो भने पक्कै पनि २ करोडमा बनेको चलचित्र आचार्यले ठूलो क्षति बेहुर्नु पर्ने छैन । नत्र भने चलचित्र हिट नै भएपनि पैसा उठ्न गार्‍हो नै छ ।


अब नजिकैको बलिउडबाट पनि त केहि सिक्ने समय आएको छ नि ! हैन र ? हिजोका दिनमा भारतका चलचित्र सार्क राष्ट्रमा मात्र लाग्थ्यो आज उसले आफ्नो संजाल ९० भन्दा बढी देशमा पुर्‍याएको छ । अब नेपाली चलचित्रलाई नेपालमै खुम्चाएर राख्ने हो भने नेपाली चलचित्र उद्योग कहिल्लै उभों लाग्ने छैन । कुवाको भ्यागुतो कुवामा नै हुन्छ भने जस्तै नेपाली चलचित्र उधोग पनि कुवाको भ्यागुतो जस्तै बन्नेमा दुई मत छैन । नेपाली चलचित्रको बजार सप्रने सम्भावना नभएको पनि हैन तर यहाँ काम भन्दा बढि गफ गर्नेको जमात छ । यहि जमातले नै अहिले चलचित्र उधोगलाई बिगारी रहेको छ ।  अरु त अरु यहाँ काम गर्न खोज्नेको पनि खुट्टा तान्ने र हिन्दी चलचित्रको दलालहरुले काममा भाँजो हाल्ने गरेको पाईन्छ । यस्ता व्यक्तिहरू अब पनि नसुध्रिए कहिले सुध्रिने ?

 

आज भारत कुनै ठाउँमा क्रिकेटले त कुनै ठाउँमा हिन्दी चलचित्रले चिनिएको छ । आखिर के छ र चिनाउन हामीसँग ? सगरमाथा ? लुम्बिनी ? या पानी ? आज सगरमाथा पनि चीनले मेरो हो भन्छ । यस्तै बुद्वलाई भारतले आफ्नै देशमा जन्मेको दाबी गरेको छ । अहिले सम्म जलस्रोतमा संसारको दोस्रो धनी देश नेपाल भन्दै आएका छौं तर लोडसेडिङ र पानीको अभाव नेपालमा जस्तो अन्त कतै छैन होला । हालैको प्रतिबेदनले नेपाल जलस्रोतमा टप १० मा पनि नपर्ने देखाएको छ । के छ त नेपाल चिनाउने लायक ? हो अब चलचित्र क्षेत्रले नेपाललाई चिनाउनु पर्ने बेला आएको छ ।

 

चलचित्रलाई नेपालमा मात्र सिमित नराखौं । भारतमा ४० लाख नेपाली छन् । सिक्किम, आसाम, देहराधुन, नैनी ताल, नागाल्याण्ड र दर्जिलिङ त आफ्नै हो । त्यसैले त्यहाँ चलचित्र लाग्ने बाताबरणको सिर्जना गर्न सरकारलाई दबाब दिउँ । त्यस्तै नेपाली भाषी रहने भारतका हर इलाका र अन्य देशहरूमा पनि नेपाली चलचित्रको बजार खोज्ने काम गरौं । बिदेशमा रहेका नेपालीहरू साँच्चिकै नेपाली चलचित्र हेर्न लालायित छन् । अब चलचित्रलाई नेपाली भाषामा मात्र सिमित राखेर नेपाली भाषाको बचाउने अभियान भन्दा पनि कसरी संसार भरका चलचित्रसँग प्रतिस्पर्धी बनाउने त्यो बिषयमा सोच्ने बेला आएको छ । चलचित्रलाई हिन्दि, भोजपुरी र अंग्रेजी भाषामा डब गर्न जरुरी देखिएको छ ।


यतिले मात्र पुग्दैन । चलचित्रको कथा छानेर राम्रा निर्देशक र प्राबिधिकको साथ लिई बर्षमा  २० चलचित्र बनाए काफी छ । चलचित्र चलेन अब लगानी कम गर्ने सोच छ भने त्यो आजैबाट त्यागौं । किनकी चलचित्र विकास बोर्डले चलचित्र समयमा लगाउने र लगानी कर्तालाई लगानी उठ्ने बाताबरण मात्र सिर्जना गर्ने हो भने चलचित्रको लगानी त बढ्छ नै नयाँ नयाँ लगानी कर्ता पनि आउनेछन् अनि नेपाली चलचित्रको गुणस्तरमा पनि वृद्वि  हुन्छ ।