मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको भविष्य अनिश्चित : गिरीराज भट्टराई

फिल्मीखबर, दमक, २०६८ श्रावण २२, आईतवार

कार्यक्रम गर्न जाँदा भागेर मात्र हैन बैधानिक रुपमा पनि धेरै नेपाली कलाकारहरु बिदेस पलायन भएका छन् । सारंगा श्रेष्ठ, जल शाह, गौरी मल्ल जस्ता कलाकार नेपाली चलचित्र उद्योगमा कुनै समय एकदमै जमेका कलाकारहरु थिए तर अहिले ति कलाकारहरुलाई चलचित्र उद्योगमा देख्न पाईंदैन । उनिहरु बिदेश पलायन भईरहेका छन् । त्यस्तै नायक रमेश उप्रेती, सरोज खनाल, उत्तम प्रधान लगायतहरु पनि बिकल्प तिर लागिसकेका छन् । चलचित्र उद्योगमा अनिश्चित भविष्य देखेर यस क्षेत्रबाट बाहिरिनेहरुको संख्या लगातार बढिरहेको छ । पछिल्लो समयमा नेपाली चलचित्रमा एकदमै जमेका कलाकार बिराज भट्टले त लगभग नेपाली चलचित्र उद्योगलाई छोडेर भोजपुरी चलचित्र तिर लागे भने अन्य सामान्य कलाकार र प्राबिधिकको हालत के होला ?

चलचित्र उद्योगका विद्यमान आकर्षणका कारण कम क्षमता र उच्च महत्वकांक्षा बोकेका व्यक्ति उद्योगमा आउँदा आज यो परिस्थिति आएको यस क्षेत्रका अगुवाहरु बताउँछन् । तर के कम क्षमता भएका ब्यक्तिहरुको आगमनले मात्र चलचित्र क्षेत्रमा टिक्न गाह्रो भएको हो त ? क्षमता भएकाहरु पनि पलायन भएका भयै छन् । चलचित्र एउटा कलाकारले मात्र चल्ने हैन यसमा त पुरै टिमले मेहनत गर्नु पर्छ तर नेपाली चलचित्रमा नायक नायिकालाई मात्र प्राथमिकता दिईन्छ अन्य पक्षलाई महत्व दिईंदैन । फलतः उत्कृष्ट चलचित्र बनाउने प्रयत्न नै हुँदैन र कलाकारको भविष्य अनिश्चित हुन्छ ।

चलचित्र ९० प्रतिशत भन्दा बढी सुरक्षित व्यवसाय हो तर त्यसका लागि लेखन र निर्देशनमा सिर्जना चाहिन्छ । अनि निर्मातामा पनि चलचित्र सम्बन्धि ज्ञान चाहिन्छ । बन्धकी र बाटुली जस्ता सफल चलचित्र निर्माण गरिसकेका निर्माता डाक्टर सिंह गुरुङ भन्छन्, 'यहाँ २ लाख रुपैंयाँ बोकेर चलचित्र निर्माण गर्नेहरु आउँछन् अनि बितरक र अन्यसंग भिख मागेर बनाएको चलचित्र कस्तो बनोस् ? एउटा सामान्य किराना पसल खोल्न त १० लाख भन्दा बढि चाहिन्छ तर यहाँ त चलचित्र निर्माण गर्नको लगि २ लाख रुपैंयाँ बोकेर टपरे निर्माता आउँछन् ।'


दर्शकले जहिले पनि नयाँ र्टर्निङ पोईन्ट खोजिरहेको बताउँदै चलचित्र नेखक तथा निर्देशक बिकाश आचार्य भन्छन्, 'चलचित्रको मेरुदण्ड भनेको लेखन र निर्देशन नै हो तर यसमा नै हेलचेक्र्याई गरेपछि कहाँ राम्रो चलचित्र निर्माण हुन्छ र ? चलचित्र राम्ररी चल्यो भने न कलाकारले पनि राम्रो पारिश्रमिक पाउने हो ।'

नेपाली चलचित्रमा धेरै सम्भावना बोकेका कलाकारहरु पनि लामो समय सम्म टिक्न सक्दैनन् । केहि अपबादलाई छोडेर अन्यको कुरा गर्ने हो भने चलचित्रमा अभिनय गरेपछि राम्रो चर्चा र हल्ला त हुन्छ नै तर त्यहि चर्चा र उचाईलाई जोगाउन पनि कति कलाकालाई धौ-धौ परिरहन्छ । छोटो चर्चा र लोकप्रियतालाई देखेर यस क्षेत्रमा आउनेको संख्या दिनानुदिन बढिरहेको छ । तर ति सबै कलाकारलाई धान्ने क्षमता नेपाली चलचित्र उद्योगको अहिले देखिएको छैन ।

सरकाले समेत नेपाली चलचित्र क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन कुनै निति बनाएको छैन । उचित पारिश्रमिक र सरकारको निति नभएका कारण नै स्थापित र क्षमता भएका कलाकारहरु यस क्षेत्रबाट पलायन भईरहेका छन् । कलाकारहरुको यसरी पलायनको क्रम बढ्दै जाने हो भने नेपाली चलचित्र उद्योग नै संकटमा नआउला भन्न सकिंदैन । त्यसैले कलाकारको बिदेसिने क्रम रोक्नको लागि सम्बन्धित निकायले समयमा नै बिचार पुर्‍याउनु आवश्यक होला ।