मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कहाँ गए दर्शक ? : बिष्णु सुबेदी

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २१, शनिवार

नेपाली चलचित्रले राम्रो ब्यापार नगरेको कुरा त सत्य हो । अझ चलचित्रको ५१ औं दिन मनाउने परिपाटी त कहिले १०१ दिनका कुरा आज भोली सुनिन छाडेका छन् । चलचित्रले एक हप्ता पनि राम्रो ब्यापार गर्न सक्दैन भने ५१औं दिन र १०१ दिनको कुरा त परैको कुरा हो । अझ अघिल्लो वर्षलाई हेर्ने हो भने त चलचित्रको ब्यापार ज्यादै कम हुन थालिसकेको छ ।


नेपाली चलचित्र भारतिय चलचित्रबाट प्रत्यक्ष प्रभावित भएको कुरालाई हामी नकार्न सकिदैन । कोही कसैबाट प्रभावित हुनु नराम्रो र अस्वभाविक कुरा चाहिं होइन तर जस्ताको तस्तै नक्कल गर्नु चाहिं अलि सुहाउँदो नहोला । बलिउड चलचित्र हरेक कोणबाट हामी भन्दा धेरै नै अगाडी छ । त्यसैले वलिउडबाट नेपाली चलचित्र प्रभावित भएमा अचम्म मान्नु पर्दैन । त्यसो त नेपाली चलचित्रकर्मीहरुले बलिउड चलचित्र हेरेकै भरमा पनि चलचित्रको मेकिङ बारे धेरै कुराहरु सिक्न सक्ने प्रशस्त सम्भावनाहरु छन् । अनि सिकेका कुराहरुलाई आफ्नै शैलिमा प्रस्तुत गरे भने त्यो सुनमा सुगन्ध नै हुन्छ । तर यहाँ त सिक्नु भन्दा बलिउड चलचित्र हेरेर जस्ताको तस्तै कपी गर्नेहरु धेरै भए ।


केही कथाकारहरुले बेलाबेला भन्ने गर्दछन् चलचित्रकर्मीहरुले २-४ वटा हिन्दी चलचित्रका सिडि दिएर आफ्नो चलचित्रको कथा लेख्न भन्छन् । त्यसबाट पनि हामी हाम्रा नयाँ र भर्जिन कथाबस्तुलाई छोडेर बिदेशि चलचित्र र उनिहरुकै कथाबस्तुको नक्कल गर्दैछौ भन्ने कुराको पुष्टी गर्दछ । यसरी बलिउड र नेपाली चलचित्रमा खासै फरक नहुदा दर्शको ध्यान नेपाली चलचित्रले खिच्न नसकेको केही चलचित्र बिश्लेशकहरु बताउँछन् । दर्शकहरुको रुचि अनुसार भन्दै पाश्चातय शैलिका कथाबस्तुमा चलचित्र निर्माण हुनुले पनि चलचित्रको ब्यापारमा नराम्रै असर पुर्‍याएको छ । बलिउडका चलचित्रमा हेरीसकेको कथा हेर्न नेपाली चलचित्र किन हेर्ने भन्ने पनि एक खालका दर्शकहरुको भनाई छ । नियमित रुपमा नेपाली चलचित्र मात्र हेर्ने दर्शकहरुलाई त खासै फरक नपर्ला तर बिदेशि चलचित्रका दर्शक भने यस्ता नेपाली चलचित्र हेर्न हल सम्म कमै आउने गर्दछन् ।


एक्कै छिन् भारतिय चलचित्र 'रेडि' को उदाहरण लिऔ । सलमान खान अभिनित यो चलचित्र जुन ३ तारिखबाट बिश्वभर एकसाथ प्रर्दशनमा आएको छ । नेपाली चलचित्र भन्दा बढी भारतीय चलचित्रको ब्यापार हुने नेपालका शहरी इलाकामा 'रेडि' ले अत्यन्तै राम्रो ब्यापार गरेको छ । यो चलचित्र रिलिज पूर्व सन्ध्यामा नै राजधानीका ठूला मानिएका हलहरू तीन दिनका लागि अग्रिम बुकिङ भए । यसरी भारतिय चलचित्रले हाउसफुल ब्यापार गरिरहँदा नेपाली चलचित्रको व्यापार भने नाजुक छ । दु:ख लाग्छ हामी हिन्दी चलचित्रको पछाडी यति धेरै किन लाग्छौं ? केहि चलचित्र कपि गरिएका भए पनि सबै कपि नगरिएका चलचित्र पनि छन् नि ! तर खै व्यापार ? कहाँ हराए दर्पणछायाँ हेर्ने दर्शक ? हामी अबको शुक्रबार भारतको कुन चलचित्र रिलिज हुन्छ बनेर खोजी निती गर्छौं तर नेपाली चलचित्रको बारेमा बुझ्न पनि हिच्किचाउँछौ । के नेपाली चलचित्र हेर्न जाँदा लाज लाग्छ ? यदि नेपाली चलचित्र हेर्न जाँदा लाज लाग्छ भने आफूलाई नेपाली भन्न पनि लाज लाज लाग्नु पर्छ । हैन भने किन चल्दैनन् नेपाली चलचित्र ?

 

दर्शक तथा चलचित्रकर्मीहरू नेपाली चलचित्रको गुणस्तरमा वृद्वि  भएको छ त भन्छन् तर चलचित्र भने चल्दैन । आज भन्दा दुई बर्ष अघि सम्म पनि नेपाली चलचित्रले ५१ औं दिन मनाउने गरेको सत्यता हामीसँग छ तर अहिले भने चलचित्र एक हप्तामा नै साफ । आखिरमा यस्तो कहिले सम्म ? दर्शकहरू नेपाली चलचित्र हेर्न हल सम्म कहिले आउने ? यदि यहि अनुपातमा नेपाली चलचित्र साफ हुँदै जाने हो भने चलचित्र बनाउन छोडे पनि हुन्छ । तर भने चलचित्र निर्माण गर्ने मात्र हैन दर्शकको पनि खोजी गरौं । कसरी हुन्छ दर्शकलाई हलसम्म लैजाने वातावरण मिलाऔं । यसैमा सबैको भलो होला !