मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिर्जनाको परिपूर्ति हो प्रविधि : निर्देशक आकाश अधिकारी

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख ३०, शुक्रवार

कतिपय निर्माता निर्देशक सिर्जनाको स्रोत चलचित्र सम्बन्धी शिक्षा (Film Education) अनुसन्धानलाई मान्छन् त्यसैलाई चलचित्र निर्माणको मार्गदर्शनको रुपमा लिन्छन् त कतिपय निर्माता निर्देशक अन्य विदेशी चलचित्रलाई । हो Hollywood film industry को इतिहास भन्दा हाम्रो  Industry को इतिहास ८८ बर्ष पछाडी छ र भारतको film Industry भन्दा ५३ वर्ष पछाडि छ । तर त्यसो भनेर अब हामी पन्छिनु भनेको नेपाल film Industry लाई धोका दिनु हो । 



आज भन्दा एक दशक अघिसम्म अन्तर्राष्टिय चलचित्र उद्योगभित्र भित्रने नयाँ प्रविधि र त्यसको प्रयोगका बारेमा तत्काल सुचना पाउन सक्दैनथ्यौ त्यसैले हामी लामो समय सम्म अनभिज्ञ रहनुका साथै धेरै प्रभावशाली प्रविधिबाट समेत वन्चित रहन बाध्य थियौं । तर आजका दिनमा हामी satellite internet को माध्यमबाट नयाँ प्रविधिको विकास र त्यसको प्रयोगबारे तत्काल जानकारी पाउन सक्छौ । रह्यो प्रश्नः हामी निर्देशक आफ्नो पेसाप्रति कति समर्पित र इमान्दार छौ  ?



Analogue, Celluloid format का 35 MM / 16 MM का प्रविधिको आफ्नै स्थान छ तर नेपाली चलचित्रले किन यसको सही सदुपयोग गर्न सकेन
किनभने Shooting का लागि Camera on गरेदेखि सम्पूर्ण प्राविधिक कार्य पश्चात प्रदर्शनका लागी Cinema Hall सम्म पनि अनेकौ कठिनाइहरु झेल्न बाध्य छन् बिचरा नेपाली Cinema हरु । जस्तै: अन्य बिकसित मुलुकबाट retired भैसकेका Camera जसबाट नेपाली film Shoot गरिन्छ, नेपाली चलचित्र बजारलाई मध्यनजर गर्दै कम लगानी छोटो समयमा चलचित्रको छायांकन र निर्माण गरिनु Camera ले खिचेको Negative लाई त्यस्तै retired भैसकेका Machine बाट कुनै माप तौल विनाको Chemical बाट Negative प्रशोधन गरिनु, कुनै अत्याधुनिक Machine बिना नै Negative cutting, त्यस्तै Pasting and join गरिनु र मापदण्ड बिहीन Chemical बाट नै Final print निकालीनु नै Celluloid format को स्तर घट्नु हो ।


राष्ट्रमा गणतन्त्र आईसक्यो तर अझै चलचित्र क्षेत्रमा प्रजातन्त्र आउन सकेको छैन । आफ्नै मुलुकभित्रै सानोठुलो छि-छि र दूर-दूरको भेदभाव खेपि नै रहेका छन् नेपाली चलचित्रहरु । अनेक कठिनाइ झेल्दै आफ्नो क्षमता प्रस्तूत गर्न नेपाली चलचित्रहरु जब चलचित्र घरमा प्रस्तुत हुन्छन् तब ति चलचित्रहरूले बर्षौ देखि Service को मुख नदेखेका Projector, तिनै Projector ले पनि चलचित्र Projection गर्दा उसले दिनुपर्ने उज्यालो (Brightness) प्रकाशका लागि जल्नुपर्ने, आवश्यकता अनुसारको Carbon rod नपाउनु, दृश्य अवलोकनका लागि राखीने सेतो पर्दाले आफ्नो रंग परिवर्तन गरी पहेलो वा कालो भैसक्दा पनि सफाई वा परिवर्तन नपाउनु जस्ता समस्या झेल्न बाध्य हुन्छन् ।



5.1 Surrounding Sound System  को त कुरै छोडौं +}, Stereo पनि हैन Mono sound system  मा चल्न बाध्य नेपाली Cinema ले यहाँ सम्मकी मामुली  Cable, Speaker दुरुस्त गतिमा रहेको  sound System कहिल्यै पाएन ।  असिनाको मारबाट धन्यधन्य बाँचें तर खडेरीको आगोले ज्यान लिई त हाल्यो भने जस्तै छ नेपाली चलचित्र उद्योगको सेरोफेरो । नेपालमा अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न सिनेमा घरहरु नभएका पनि होइनन् तर हामीले निर्माण गरेका चलचित्रले ती सिनेमा घरहरुमा प्रवेश नपाउनुको कारण के त ?  हामीलाई बाहेक गरिएको अथवा हामीले ती सिनेमा घरहरुमा आउने दर्शक वा त्यस सिनेमा घरको लायक सिनेमा निर्माण र निर्देशन गर्न नसकेको हो ? हामी Film makers ले सोच्नै पर्ने कुरा छ ।



यिनै यावत कुराहरुका कारणले गर्दा लामो इतिहास बोकेको Celluloid Film आज यस Industry मा आएर बदनाम भएको छ । Celluloid प्रविधिमा बनेका अधिकांश नेपाली चलचित्रले नेपालको जनसंख्याको अनुपातमा ).%% भन्दा बढी नेपाली दर्शकको मन जित्न सकेका छैनन् । म एक निर्देशक हूँ मलाई म आफैले निर्माण  निर्देशन गरेका केही चलचित्रले मात्र सन्तुष्टी दिन सकेका छन् । कारण असक्षम प्राविधिकको मात्र होइन कारण आर्थिक र प्रविधिको हो
त्यसैले समयको माग अनुसार प्रविधिको परिवर्तन जरुरी छ । Technicians ले आफूलाई Upgrade एवं परिमार्जित गर्नु पनि त्यति नै जरुरी छ ।



चलचित्रको प्रमुख ब्यक्ति भनेको नै निर्देशक हो । Writer ले तयार पारेको Script  माथि जब क्षमतावान निर्देशकले  पुनः सिर्जना परिमार्जन गर्नुका साथै प्रविधि र पटकथा संवादको छन्द तालमेल मिलाएर पूर्ण चलचित्रको परिकल्पना गर्छ अनि Camera Angle, Shot Size सहितको ] Story Board तयार पार्छ । अब प्रश्न छ Writer ले तयार पारेको Script, निर्देशकको परिकल्पना र Story Board मा तयार भएको चलचित्र पूर्ण रुपमा तयार भएर चलचित्र घरसम्म आउन सक्छ कि सक्दैन ? अवश्य सक्छ तर त्यसका लागि इमान्दारीपूर्वक
निर्माता देखि कलाकार, प्राविधिक, Spot boy सम्म सबैले आ-आफ्नो जिम्मेवारी आत्मसात गर्नुपर्छ ।  त्यस मध्ये पनि निर्देशक त्यो ब्यक्ति हो जसलाई Script लेखनदेखि Final print वा Master Hard disk हात परुन्जेल सम्म चलचित्रमा प्रयोग गर्ने गराइने हर विधाको ज्ञान हुन जरुरी छ । त्यसैले भनिन्छ निर्देशक अर्थात Captain of the ship



चलचित्र निर्देशकको सिर्जना हो भने त्यसको परिपूर्ति हो प्रविधि ( Technology ).



चलचित्र विश्व बजारमा समयको परिवर्तन संगै Digital Technology ले हरेक दिन
आफ्नो नयाँ स्वरुप प्रस्तूत गर्न र कीर्तिमान कायम गर्न सफल भईरहेको छ । त्यसै गरी हर Generation, हर बर्गका लागी आ-आफ्नो आर्थिक क्षमता अनुरुप Independent film making, News Media,  Documentary, Video film, Entertainment field  मा सहज वातावरणको सिर्जना हुँदै गईरहेको छ । आज नेपालमा Sony, Panasonic, JVC, Silicon Imagine तथा Red Digital Cinema जस्ता Company का अलगअलग मापदण्डका Camera हरु जस्तैः 3CCD Handy cam, PD 150 देखि EX3, SI 2k and Red 4K Cinema हरु समेत नेपाल भित्री सकेका छन् । यी सबै Camera को आ-आफ्नै गुणस्तर र बिशेषताहरु छन् ।




DCI,   

त्यसो त बिश्वकै उत्कृस्ट मानिएका छ वटा स्टुडियोहरुको संयूक्त तत्वावधानमा निर्मीत Digital cinema initiative (DCI) ले Digital Cinema को मापदण्ड निर्धारण गरेको छ । DCI को प्रमुख उद्धेश्य भन्नु नै Digital Cinema मा एकरुपता र उच्च प्रदर्शन गुणस्तर एवं बिश्वसनियता कायम गर्नु हो । DCI को मापदण्ड अनुरुप 2D Image लाई 2048x1080 (2k) 24 fps का दरले वा 4096x2160 (4k) 24fps का दरले परिभाषित गरेको छ । त्यस्तै 3D Image लाई 2048x1080 (2k) 48 fps का दरले परिभाषित गरेको छ । अब कुरा गरौ Digital cinema camera को । अझैपनि Digital cinema camera को बारेमा नेपाली चलचित्र क्षेत्रमा भ्रम ब्याप्त छ । किनकी DCI मापदण्ड अनुसार ½ " CMOS sensor भएको Sony  PMW EX3 Television camera अझै चलचित्र छायांकनमा प्रयोग गरिंदै छ । जबकी DCI ले निर्वाद रुपमा 2/3 "Sensor size भएको SI 2k24 .4 mm x 13mm (Super 35mm) censor size भएको Red 1 4k Camera लाईDigital Cinema Camera   मानेको छ ।



  • ·         4k Camera Frame Size. 4096x2048 (75% larger frame size than that of 2K)

  • ·         2k Camera Frame Size. 2048x1024  

  • ·         HD Camera Frame Size. 1080x1920 

  • ·         DV Camera Frame Size. 576x720  

 


 

अब जिम्मा हामी निर्देशकको हो । म कुन Subject उठाउँदै छु, म कुन Digital format मा काम गर्दै छु र त्यो format  मा बनेको Feature length  film, News Media,  Documentary, tele film, video film हरुलाई कहाँ र कुन माध्यमबाट प्रसारण वा Projection हुँदै छ : यी सब कुराको जानकारीका साथै यी दुईको समिश्रण हुनु अति आवश्यक छ । हामी सबैलाई थाहा भएकै कुरा हो Camera को जति ठुलो sensor size भयो त्यति नै ठुलो क्षेत्रफल CoverCapture गर्नसक्छ र जति High resolution र  high pixel भयो त्यति नै Camera ले गहकिलो image capture गर्न सक्छ र जसले गर्दा telecast वा Projection को समय दृश्यको ] Depth of field, Character, Color हरचीजको  Details सफा र छर्लंग देख्न सक्छौ । धमीलो सेतो रंग उँड्ने वा दृश्य फाटेको देखीने सम्भावना धेरैकम मात्रामा मात्र हुन्छ । यदि हामीले Resolution र  Pixel लाई ध्यान दिएनौं भने Projection को समय माथि उल्लेखित समस्याको सामना गर्नै पर्छ । 



Camera दृश्य कैद तथा संकलन गर्ने साधन हो भने Lens नज्दीक दुरी वा फराकीलो अलग-अलग Frame size मा Camera लाई दृश्य दिनसक्ने Camera को स्रोत हो । Filters Polarized, ND, Grad ND, Day for night   आदि आँखामा समय वातावरण अनुकुल भित्र बाहिर घाम, शितल, सफा दृश्य वा रंगि बिरंगी Colorful दृश्यका लागी लगाइले चश्माहरु हु
न् shot वा scene को Demand अनुसार Filter को प्रयोगबाट सफा र सुन्दर दृश्य Camera मा कैद गर्न सकिन्छ ।  अन्तमा हामीले ध्यान दिनुपर्ने कुरा जस्तै गुणस्तर चलचित्रका लागी गुणस्तर Camera को जरुरी हुन्छ भने त्यस्तै गुणस्तर Lens  Filter को पनि त्यती नै जरुरी हुन्छ । हामीले आफ्नो चलचित्रको छाँयांकनका लागी कुन स्तरको Camera को प्रयोग गरीरहेका छौं र त्यसको footage  सोही स्तरको प्रवीधिमा postproduction गरीरहेका छौं कि छैनौं र कुन प्रवीधि (Format) मा Output लिन्छौं साथै त्यसको प्रदर्शन (Projection) कुन प्रविधि वा कति Capacity को Projector बाट Projection गर्दैछौं यि सबै प्रवीधिको ताल मेल (Sequence) मिलेमा गुणस्तर (Quality) चलचित्र अबश्य निर्माण हुन्छ र गुणस्तर चलचित्र निर्माण भएमा आफ्नो बजार चलचित्रले आँफै खोज्छ ।  

A director is the omniscient of the film.