
अभिनेता खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । बिहीवार यूट्युबमा सार्वजनिक भएको १ मिनेट ३१ सेकेन्ड लम्बाईको टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको निराशा, पीडा, तनाव, दुःख, थकानलाई देखाइएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानको अभिनय र भिन्न गेटअपले मन पगाल्छ ।

विवाहभन्दा अगाडि अभिनेत्री प्रियंका कार्कीले आफ्नो हाइटअनुसार सुहाउने गरी तौललाई सन्तुलित बनाएर राखेकी थिइन् । तौल नबढोस् भनेर उनी खानेकुरामा निकै ध्यान दिने गर्थिन् । फिल्म र म्यूजिक भिडियोको सेटमा खानाको ब्यालेन्स नमिल्दा उनी केही पटक बेहोस समेत भएकी छन् । तर, विवाह भएर छोरीको आमा भएपछि प्रियंकाको तौल सय केजीको आसपास पुगेको थियो ।

सुवर्ण थापा निर्देशित फिल्म ‘म’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी साउन २० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ २० गतेलाई फिल्मको प्रदर्शन मिति तोकिए पनि पोस्ट प्रोडक्सनको काममा पूरा नभएकाले प्रदर्शन हुन सकेको थिएन । फिल्मको यही शनिवार टिजर सार्वजनिक गरिँदैछ ।

कुनै बेला फिल्ममा अभिनय गर्न भ्याइनभ्याइ हुने गरेका सुपरस्टार भुवन केसी अचेल फुर्सदिला छन् । दुई हात भिजाएर पर्दामा हिरोइनसँग रोमान्स गर्न उमेर बाधक बन्न थालेपछि उनको सक्रियता फिल्म मेकिङमा बढेको छ । तर, फिल्म ‘क्याप्टेन’पछि उनले नयाँ फिल्म निर्माण गरेका छैनन् । तथापि, उनले तीनवटा फिल्म ‘एन्टी हिरो’, ‘पारस’ र ‘माइती घर २’ दर्ता गरेर राखेका छन् ।

कोरोना महामारीभन्दा अगावै निर्माण भएको अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि तीन पटक प्रदर्शन मिति तोकेर पनि प्रदर्शन हुन नसकेको फिल्म अब आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यही शुक्रवार एक गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

रंगमञ्चले जन्माएको एक सशक्त कलाकार हुन्, दीया मास्के । हरेक प्रकारको चरित्रलाई जीवन्तता दिन सक्ने खुबी भएकी उनी अभिनयको साधक हुन् । ‘साघुँरो’, ‘फिटकिरी’, ‘सुनगाभा’ जस्ता फिल्ममा निर्वाह गरेको भूमिका र अभिनयबाट दर्शकमा दिल र दिमागमा अमिट छाप छोडेकी उनी चरित्र निर्माणमा पर्याप्त मिहिनेत गर्ने गर्छिन् । यसको ज्वलन्त उदाहरण फिल्म ‘प्रकाश’ हो ।

