
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई स्थापित गरेका सुदर्शन थापा निर्देशित नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ । गीतको अडियो पक्ष अब्बल छ ।

ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । तिहारको अवसर पारेर आगामी कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको हो । शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको थियो ।

सुपरहिरोमा आधारित ‘शक्तिमान’ ९० को दशकमा बच्चाहरुको सबैभन्दा फेभरेट र चर्चित शो थियो । डीडी नेशनलमा सन् १९९७ मा सुरु भएको यो शो हेरेर एउटा सिंगो पुस्ता हुर्कियो । ९० को दशकको बच्चाका लागि यो एक ड्रामा मात्र थिएन, यसमा उनीहरुको इमोसन्स जोडिएको थियो । अब १७ वर्षपछि ‘शक्तिमान’लाई फेरि एकपटक हेर्न पाइने भएको छ तर, फिल्मको स्वरुपमा ।

समाजभित्रको कथालाई जीवन्त र सजीव रुपमा प्रस्तुत गर्ने निर्देशकको रुपमा चिनिएका दीपन्द्र के. खनाल निर्देशित नयाँ फिल्म ‘चिसो मान्छे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई मल्टीप्लेक्सहरुमा सुखद् शोज र सिंगल थिएटर पर्याप्त मिलेको छ । पोस्टर, टिजर, ट्रेलर र गीतबाट ठूलो आश जगाएको यो फिल्म कछुवाको गतिमा चल्ने धेरैको विश्लेषण छ ।

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशनरत जलेश्वर नगरपालिका–८ की निहारिका राजपुत र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई कारवाहीको माग गर्दै चार दिनदेखि अनशनरत निहारिकालाई छोरा लिएर आफ्नो घरमा आउन करिश्माको आग्रह छ ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘मान्छे-मान्छे’ बोलको लिरिकल भिडियो गीतमा अशोक शेरचनको शब्द रचना रहेको छ भने एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर छ । गीतको भिडियोमा फिल्मका चल-अचल दृश्यहरु समावेश छन् ।

