
चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिवार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ । टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा फिल्म केही फरक बनेको हुनसक्ने देखिन्छ । एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ । ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले निर्देशन गरेकाले ‘म’प्रति अपेक्षा उच्च छ ।

फिल्म क्षेत्रमा सुदर्शन थापाले आफ्नो बेग्लै स्थान बनाएका छन् । लभस्टोरी फिल्म निर्देशकको सूचीमा उनको नाम अग्र स्थानमा आउँछ । ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो उम्दा फिल्म दिएका उनले विगत केही वर्षयता होम प्रोडक्सनबाट फिल्म निर्माण गर्दै आएका छन् । उनले आफ्नै पैसा हालेर बनाएका ‘म यस्तो गीत गाउँछु’को दुई सिरिज र ‘रामकहानी’ सफल ठहरिएका थिए ।

अमेरिकाको म्यारिल्यान्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को नयाँ संस्करण यही जुन २३ देखि २६ सम्म (असार ९ गतेदेखि १२ गतेसम्म) भौतिक र अनलाइन (भर्चुअल) बाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिचर तथा सर्ट फिल्महरु प्रदर्शन हुने आयोजक संस्थाले जनाएको छ ।

नेपाली फिल्म क्षेत्रमा एकअर्काका प्रतिस्पर्धी मानिने दुई अभिनेत्री पूजा शर्मा र आँचल शर्माको फिल्म बक्सअफिसमा भिड्ने भएका छन् । यसअघि भदौ ३१ लाई प्रदर्शन मिति तोकिएको आँचल अभिनीत फिल्म ‘झिंगेदाउ’ दुई हप्ताअघि सरेर भदौ १७ मा आएपछि उनको भिडन्त पूजासँग निश्चित भएको हो । यो मितिमा पूजा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउँदैछ ।

नेपथ्य ब्रान्डका चर्चित गायक अमृत गुरुङले पहिलो पटक गाएको नेपाली फिल्मको गीत सार्वजनिक भएको छ । उनको आवाज रहेको फिल्म ‘दोख’को ‘वन चरी उड्यो’ बोलको गीत शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द रचना रहेको छ भने आभाषको संगीत छ । गीतमार्फत् फिल्मको कथा भन्न खोजिएको छ ।

