
सौगातले करीब ४ वर्ष अगाडि यो फिल्ममा काम गरेका हुन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी यतिबेला प्रचार प्रसारमा दौडिहेका छन् । ‘कबड्डी ४’को तात्तातो सफलताको फाइदा ‘घनचक्कर’लाई पुग्न सक्ने विश्लेषण कतिपयको छ । किनकि, यो फिल्म प्रदर्शनमा आउँदा ‘कबड्डी ४’ ५औं हप्तामा प्रदर्शन भइरहेको हुनेछ । यो फिल्मले सौगातको स्टारडम समेत चुल्याएको छ ।

नेपालमा गत फागुन १३ गते रिलीज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ अष्ट्रेलियाको सिड्नीमा रिलीज हुने भएको छ । आगामी जुलाई ९ तारिखको दिन सिभिक थियटरमा यो फिल्म देखाईने अष्ट्रेलियाको इभेन्ट म्यानेजमेन्ट कम्पनि कलर्स अफ नेपालका बिक्रम पौडेलले बताए ।

पछिल्लो समय नेपाली फिल्मको रोमान्टिक गीत छायांकनका लागि सबैभन्दा आकर्षक थलो मनाङको तिलिचो ताल बनेको छ । कठिनपूर्ण सडक र पैदल यात्राका बावजूद पनि ठूलो खर्च गरेर धेरै फिल्मको गीत त्यहाँ खिचिएको छ । फिल्म ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ गीतपछि तिलिचो तालमा गीत खिच्नेको मात्र संख्या बढेको छैन, पर्यटकहरुको आकर्षक गन्तव्य पनि बनेको छ ।

आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् । नेपाली र हिन्दी गीतका कभर गाएर चर्चामा आएका उनी भारतीय नागरिक हुन् । फिल्म ‘रामकहानी’का लागि हिरो खोज्ने क्रममा अभिनेत्री पूजा शर्माको नजरमा सोनम परेका थिए । तर, यो फिल्ममा उनी फिट नहुने भएपछि आकाश श्रेष्ठले मौका पाए ।

यही असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘सम्झना बिर्सना’को नयाँ गीत सार्वजनिक भएको छ । गत हप्ता छायांकन भएको ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । गीत डान्सिङ प्याटनको छ ।

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले आइतवार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै अबको १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको हो । अध्यक्ष पदमा आवेदन दिन चाहनेहरुका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेको छ ।

