
राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक भएको छ । यही असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ३ मिनेट लामो ट्रेलरमा फिल्मको हिरोइन बन्न संघर्ष गरिरहेकी केकी अधिकारी र उनको पछि लागेका चारजना पुरुष पात्रको कथालाई देखाइएको छ । ट्रेलरमा हँसाउने नाममा भद्दा दृश्य र दुईअर्थी संवाद समेत प्रयोग गरिएको छ ।

अभिनेत्री तथा मोडल सुनिशा बजगाईंले कलाकार समेत रहेका प्रेमी राज आचार्यसँग विवाह गरेकी छन् । मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो । उनीहरुको विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो । राजसँग सुनिशा विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् ।


दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘२ नम्बरी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईमध्ये एउटा पोस्टरमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल हातमा बन्दुक बोकेर फरक गेटअपमा देखिएका छन् भने दोस्रो पोस्टरमा उनीहरुसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्दि तामाङ प्रस्तुत छन् ।

नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपाललाई नेपाली फिल्मको अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । मिस नेपालको उपाधि जितेका रुबि राणादेखि झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठ, निकिता चाण्डकसम्म अभिनेत्री बनिसकेका छन् । तर, नेपाली फिल्ममा मिस नेपाल विजेताको उपस्थिति खासै बलियो देखिएको छैन । प्रायः मिस नेपाल फिल्ममा असफल छन् ।

देशका ठूला राजनीतिक दलका उम्मेदवारलाई हराउँदै स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा निर्वाचित भएका र्यापर बालेन्द्र शाह (बालेन) ले आइतवार राष्ट्रिय सभागृहमा ११औं नगरसभा अधिवेशनमा आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरे । उनले चुनावी मैदानमा होमिँदै गर्दा आफूले गरेका वाचाहरुलाई नीति तथा कार्यक्रममा समेटेका छन् ।

