
अहिले पाकिस्तानको वित्तीय अवस्था राम्रो छैन । यहाँको राजनीतिक अस्थिरता केही समयलाई शान्त भएपनि वित्तीय अस्थिरतामा सुधार गर्न मुश्किल देखिएको छ । सन् २०२२ को दोस्रो चौमासिकमा पाकिस्तानको ऋण ५ हजार २ सय ७२ करोड पुगेको छ । पाकिस्तान सरकारसँग देश चलाउनका लागि समेत पर्याप्त पैसा छैन । त्यसमाथि पाकिस्तानको रुपैयाँ पनि कमजोर बनेको छ ।

नेपालमा केही फिल्मका सिरिजलाई दर्शकहरुले आँखा चिम्लिएर विश्वास गर्ने गर्दछन् । त्यसमध्येमा पर्छ, ‘प्रेमगीत’ ब्रान्ड । यसको पहिलो श्रृंखलालाई मिलेको उत्कृष्ट प्रतिक्रियाको आधारमा निर्माता सन्तोष सेनले दोस्रो सिरिज बनाएका थिए । अब यो नामको तेस्रो श्रृंखला आगामी असोज ७ गतेबाट नेपालसँगै छिमेकी देश भारतका हलमा हिन्दी डबिङ गरेर ‘विश्वजीतम्’ नाममा प्रदर्शन हुँदैछ ।

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘प्रेमगन्ज’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘माथि माथि आकाशमा’ बोलको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत छ । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोलाई सञ्जय लामाले खिचेका हुन् । गीतमा दुई पुस्ताको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

दीपक वलीले निर्देशन गरेको लभस्टोरी फिल्म ‘कृष्ण लीला’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘ए मेरो हजुर’ बोलको गीतमा रवि ओड र सुनिता कार्कीको युगल आवाज सुन्न सकिन्छ भने डिआर उपाध्यायको शब्द रचना तथा बाबुल गिरीको संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

बलिउडको प्रतिक्षीत फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । रणबीर कपूर, वाणी कपूर र सञ्जय दत्तको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर जबर्जस्त बनेको छ । ट्रेलरमा रणबीरको भिन्न लुक्स र अभिनय बलुन्द छ । उनी चोरको चरित्रमा प्रस्तुत छन् । त्यस्तै, नकारात्मक भूमिकामा सञ्जय दत्त छाएका छन् । उनको लुक्स र अभिनयले ‘केजीएफ २’को अधीरा चरित्र विर्साउँछ ।

निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ सिरिजलाई अन्त्य गर्दै ‘कबड्डी ४’मार्फत् नयाँ फिल्म ‘मास्टर बमकाजी’को निर्माण घोषणा गरेका थिए । ‘कबड्डी’को चारवटै सिरिजमा वीरकाजी (दयाहाङ राई) को बिहेको गोलचक्करलाई देखाएका उनले ‘मास्टर बमकाजी’मा ‘कबड्डी’को बमकाजी पात्र (सौगात मल्ल) को बिहेको कथालाई तन्काउँदैछन् । फिल्ममा सौगातको मुख्य भूमिका रहने पक्का छ ।

