Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5179 - 5184 of 23779
फिल्मीखबर, काठमाण्डौ, 2022-08-22, सोमवार

विश्वको ठूलो फिल्म बजार मानिने छिमेकी मुलुक भारतमा नेपाली फिल्मका लागि ठूलो ढोका खोल्न लागेको फिल्म ‘प्रेमगीत ३’को चारवटा हिन्दी गीतको अडियो एल्बम सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्यूजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक-गायिकाहरुले स्वर दिएका छन्, जुन कर्णप्रिय छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-22, सोमवार

जुम्लामा छायांकन भएको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’को छायांकन भएकै गाउँमा विश्व प्रिमियर गरिएको छ । जुम्लाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा आइतवार साँझ फिल्मको प्रिमियर भएको हो । प्रिमियरमा सहभागी हुन काठमाडौंबाट जुम्ला पुगेका प्रदीप र लेखक विकास सुवेदीलाई स्थानीयहरुले सम्झनलायक स्वागत गरे ।

फिल्मीखबर, काठमाडौं, 2022-08-22, सोमवार

प्रदीप शाहीको पहिलो निर्देशकीय फिचर फिल्म हो, ‘गोर्खा : बिनिथ द ब्रेभरी’ । गोर्खा सैनिकको कथामा निर्माण भएको फिल्म भदौ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । लामो समयदेखि बेलायतमा बस्दै आएका शाहीले यसअघि ‘पासपोर्ट’, ‘वेटिङ, ‘कन्फ्लिक्ट’ लगायतका सर्ट फिल्मको निर्देशन गरेका थिए । जसबाट उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितेका छन् । यूकेको केही टेलिभिजन ड्रामामा सहायक निर्देशक भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-22, सोमवार

अभिनेत्री साम्राज्ञी आरएल शाहको फिल्मी करिअर सुखद् नै मान्न सकिन्छ । फिल्म ‘ड्रिम्स’बाट सानदार डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सफल रह्यो । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि उनलाई निराश बनाएन । यी तीन फिल्मबाट आफ्नै काँधमा फिल्म बोक्न सक्ने नायिकाको रुपमा स्थापित गरेकी उनले त्यसपछि भने सफलताको सुःख पाउन सकेकी छैनन् ।

एजेन्सी, मुम्बई, 2022-08-21, आईतवार

तेलुगू फिल्मको मेगास्टारको रुपमा चिनिने चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’को तेलुगू र हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । आइतवार परेको उनको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको १ मिनेट ३४ सेकेन्डको टिजर बुलन्द छ । चिरञ्जीवी एक्सन अवतारमा प्रस्तुत छन् । उनको एक्सन शैली दमदार देखिन्छ । टिजरमा उनलाई गडफादरको रुपमा चित्रण गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-21, आईतवार

अभिनेता कार्म शाक्यले युरोप मुलकी एनी सोफीसँग विवाह बन्धनमा बाँधिएको एक वर्षपछि शनिवार काठमाडौंमा भव्य बिहे पार्टी दिए । उनीहरुलाई वैवाहिक जीवनको शुभकामना दिन हाँस्य कलाकार हरिवंश आचार्य, काठमाडौंका मेयर बालेन शाह, अभिनेत्री नम्रता श्रेष्ठ, दीया मास्के, सृष्टि श्रेष्ठ, अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, गायिका इन्दिरा जोशीलगायत पार्टीमा पुगेका थिए ।

Results : 5179 - 5184 of 23779
Most Visited News (monthly)