Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5191 - 5196 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-08-19, शुक्रवार

कोरियोग्राफर तथा फिल्म निर्देशक रेनशा वान्तवा राई आमा बनेकी छन् । उनले शुक्रवार विहान काठमाडौंको नर्भिक अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका श्रीमान् प्रज्वल राणाले जानकारी दिए । रेनशा र दुवै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । तथापि, रेनशा केही दिन नर्भिक अस्पतालमा नै बस्नेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-19, शुक्रवार

नेपालको दुर्गम ठाउँ मानिने जुम्लामा पहिलो पटक नेपाली फिल्मको प्रिमियर हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्लामा सिनेमा हल नभएकाले गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्रोजेक्टरमार्फत् फिल्मको प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-19, शुक्रवार

कुनै समय एक घन्टा फुर्सद पाउनु पनि राजेश हमालका लागि ठूलो हुन्थ्यो । एउटै सेड्युलमा दुई-तीनवटासम्म फिल्मको छायांकन गर्थे उनी । तर, करिअरको उचाईंमा उनको जुन प्रकारको व्यस्तता थियो, अहिले पनि त्यस्तै छ । फिल्ममा काम नगरेको ४ वर्ष भए पनि उनको आम्दानी र व्यस्तता घटेको छैन । सांस्कृतिक कार्यक्रम, टीभी शो, म्यूजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-19, शुक्रवार

भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ले टिकटक प्रतिस्पर्धाको घोषणा गरेको छ । यतिबेला चर्चामा रहेको फिल्मको तीज गीत ‘पाउमा पाउजु छैन बरी लै’ गीतमाथि टिकटक भिडियो बनाएर नगद जित्ने योजना निर्माण टिमले अगाडि सारेको हो । टिकटकमा प्राप्त भ्यूजको आधारमा तीन प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिने निर्देशक थापाले बताए ।

फिल्मीखबर, काठमाडौं, 2022-08-19, शुक्रवार

आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो । हिन्दी टिजर जी म्यूजिक कम्पनी र नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2022-08-19, शुक्रवार

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भगवत् गीता’को थिम टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा फिल्मको प्रदर्शन मिति २०८० सालको बैशाख १ गतेलाई उल्लेख छ । २ मिनेट २३ सेकेन्डको टिजरमा अभिनेत्री सुहाना थापा मात्र फिचर छिन् । टिजर जानकी मन्दिरमा खिचिएको हो ।

Results : 5191 - 5196 of 23779
Most Visited News (monthly)