
२०७६ सालको एउटा घटना स्मरण गरौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई थिए । त्यही समयमा बलिउड फिल्म ‘कलंक’ बुधवारबाट प्रदर्शनको तयारीमा थियो । नेपालमा शुक्रवार फिल्म रिलिज गर्नुपर्ने नियम भए पनि ‘कलंक’को नेपाल वितरक मनोज राठीको समुहले बुधवार नै फिल्म रिलिज गर्न बोर्डसँग सेन्सरको अनुमति माग्यो । तर, केशव भट्टराईले अनुमति दिएनन् ।

हरेक निर्देशकको आ-आफ्नो ‘कम्फर्ट जोन’ हुन्छ । कसैले लभस्टोरी कथालाई भरपुर न्याय गर्न सक्छन् भने कसैले एक्सन फिल्म राम्रो बनाउन सक्छन् । दिनेश राउतको ‘कम्फर्ट जोन’ लभस्टोरी हो । सहायक निर्देशकको रुपमा काम गरेको पहिलो ‘मेरो एउटा साथी छ’ होस् वा निर्देशकको रुपमा स्थापित गरेका ‘आइ एम सरी, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ फिल्म हुन्, सबै लभस्टोरी नै थिए ।

गत महिना मोडल करिश्मा ढकालले ‘पापाकी परी’ बोलको तीज गीतको म्यूजिक भिडियोमा पेटिकोट लगाएर डान्स गरेको दृश्यले उधूमै मच्चायो । साउथ फिल्म ‘पुष्पा’को ‘सामी सामी’ गीतबाट पेटिकोट डान्स उठाइएको थियो । करिश्माको पेटिकोट डान्सको चर्चा मत्थर हुँदै गर्दा अर्की अभिनेत्री तथा मोडल एलिजा गौतमको साडी डान्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बलिउडकी फेसन डिभा सोनम कपूर आमा बनेकी छन् । सोनमले शनिवार इन्स्टाग्राममार्फत् आफूले छोरालाई जन्म दिएको खुसी साटेकी हुन् । मुम्बईको एक निजी अस्पतालमा उनको डेलिभरी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सोनमले गत मार्चमा आफू आमा बन्न लागेको बताएकी थिइन् । सन् २०१८ मा उनको विजनेशम्यान आनन्द आहूजासँग विवाह भएको थियो ।

निर्देशक सुदर्शन थापालाई प्रेम सिकाउने पाठशाला भनिन्छ । उनले आफ्नो फिल्ममा प्रेमको नयाँ दुनियाँ बनाउँछन् । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका रोमान्टिक फिल्म यसका उदाहरण हुन् । उनै, सुदर्शन निर्देशित अर्को लभस्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो निकै ठूलो बजेटमा निर्माण भएको फिल्म हो ।

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’को छायांकन आरम्भ भएको छ । शुक्रवार श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर भरतपुर चितवनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल निकालिएको फिल्म चितवनसँगै मुस्ताङमा खिचिनेछ । छायांकनअघि चितवनमै फिल्मका कलाकारहरुले दुई हप्तासम्म वर्कसप गरेका थिए ।

