Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5161 - 5166 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-08-26, शुक्रवार

गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि एक दर्जन बढी फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, कुनै नेपाली फिल्मले दर्शकलाई हलसम्म आकर्षित गर्न सकेका छैनन् । एकपछि अर्को आशातित र नाम चलेका कलाकारहरुको फिल्महरु असफल भइरहँदा फिल्म क्षेत्रमा निराशा छाएको अवस्था छ । यतिबेला फिल्म क्षेत्रलाई वैतरणी तार्ने फिल्मको आवश्यकता देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-08-25, बिहिवार

नर्वेमा ‘तिम्रो नजर’ नामक फिल्म खिच्नका लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड, स्ट्याम्प र कार्यकारी प्रमुखको हस्ताक्षर प्रयोग गरेर नर्वेजियन दूतावासमा भिसा आवेदन पेस भएको घटना बाहिर आएपछि फिल्म क्षेत्रमा भूकम्प नै आएको छ । आर्यन सिग्देल, केकी अधिकारीसहित १४ जनाको नाममा ‘ब्लु बर्ड एच डि’ नामक कम्पनीले दूतावासमा भिसा आवेदन दिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-08-25, बिहिवार

फिल्म ‘प्रसाद २’का निर्माता र अभिनेताबीचको विवाद अझै किनारा लागेको छैन । कास्कीको ल्वाङ गाउँमा क्यामेरा ‘अन’ गरेर छायांकनका लागि तयार रहेको अवस्थामा अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड मागेपछि निर्माताले फिल्मको सुटिङ नै रोके । र, फिल्मको सिंगो टिम कास्कीबाट काठमाडौं फर्कियो । त्यसपछि फिल्मको टिम र विपिनबीच कुराकानी र भेटघाट नै भएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-25, बिहिवार

लभस्टोरी फिल्ममा युवापुस्ताको ठूलो जमातले अत्याधिक रुचाएको जोडी हो, आर्यन सिग्देल र नम्रता श्रेष्ठ । उनीहरुबीच पहिलो पटक फिल्म ‘मेरो एउटा साथी छ’मा सहकार्य भएको थियो । यो फिल्मलाई लभस्टोरीमा माइलस्टोन भनिन्छ । यसपछि उनीहरुले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’बाट पनि दर्शकको मन जिते । तर, ‘क्लासिक’पछि यो जोडीको फिल्ममा सहकार्य नै हुन सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-25, बिहिवार

बडा दशैंको छेको पारेर आगामी असोज ७ गतेबाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाको गाउँ’ बोलको रोमान्टिक गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द रचना छ । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ प्रेमिल र भावुक मुद्रामा प्रस्तुत छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-08-25, बिहिवार

यही भदौ १० गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको जुम्लाको जनजीवनमा आधारित फिल्म ‘प्रकाश’ले बुधवार राजधानीमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिग मुभिजको दुईवटा हल ‘बुक’ गरेर ५ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुलाई फिल्म देखाइएको थियो । जहाँ अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिए ।

Results : 5161 - 5166 of 23779
Most Visited News (monthly)