Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5173 - 5178 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-08-23, मंगलवार

आगामी छठ पर्वलाई लक्षित गर्दै कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘बुलाकी’ चार महिना पछाडि सरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्माण टिमले फागुन १९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । अब यो मितिमा ‘बुलाकी’को भिडन्त दुई घरेलु फिल्म ‘वर एन्ड वधु’ र ‘परस्त्री’सँग हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-23, मंगलवार

टेक पौरखी राईको निर्देशनमा तयार भएको फिल्म ‘मिलन’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी कात्तिक १८ गते (तिहारपछि) लाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टर फिल्मका मुख्य अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा रोमान्टिक भावमा प्रस्तुत छन् । यी दुवैले यही फिल्मबाट अभिनय करिअर सुरुवात गर्दैछन् । 

फिल्मीखबर, काठमाडौं, 2022-08-23, मंगलवार

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको फिल्म ‘महापुरूष’को दोस्रो चरणको पोस्टर सार्वजनिक गर्दै डेब्यू अभिनेता अरुण क्षेत्रीलाई चिनाइएको छ । कमेडी शैलीको पोस्टरमा अरुण बाइक कुदाउँदै देखिएका छन् । बाइकको पछाडि हरिवंश छन् । स्पीड ब्रेकरमा बाइकको टाउको माथि उठेपछि हरिवंश लड्न खोजेको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-23, मंगलवार

अभिनेत्री पूजा शर्मा र विवादबीच नङ र मासुको जस्तै सम्बन्ध छ । न पूजा विवादबाट टाढा बस्न सक्छिन् न विवादले उनको साथ छोड्न सकेको छ । फिल्म ‘प्रेमगीत’यता उनलाई विवादले छाँयाझैं पछ्याइरहेको छ । अझ भनौं, उनी विवादलाई काखी च्यापेर हिँडिरहेकी छन् । उनी जे बोले पनि र जे गरे पनि विवादित हुने गरेको छ । हुन त सेलिब्रेटी भएपछि ताली र गाली सामान्य नै हो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-23, मंगलवार
Results : 5173 - 5178 of 23779
Most Visited News (monthly)