Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5155 - 5160 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-08-27, शनिवार

कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’को पहिलो गीत सार्वजनिक भएको छ । शनिवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको ‘बा’ बोलको गीतमा कवि नवराज पराजुलीको शब्द र ऋदम कँडेलको स्वर तथा संगीत छ । फिल्मको चल/अचल दृश्यहरु समावेश गीतमा सन्तान र पिताबीचको सम्बन्धलाई देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-08-27, शनिवार

बुबाको मुख हेर्ने दिनको अवसर पारेर छायांकनरत फिल्म ‘छड्के २’को टिमले मुख्य अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । जसमा अनमोल एंग्री अवतारमा प्रस्तुत छन् । लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याटु खोपेका उनले मुखमा चुरोट च्यापेका छन् । अनुहार रगतले पोतिएको छ भने उनको हातमा रगत लागेको धारिलो हतियार पनि देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-26, शुक्रवार

विदेशी फिल्म आउँदा नेपाली फिल्मलाई प्रदर्शकहरुले दबाउन कुनै कसर बाँकी राख्दैनन् । यसपटक यसको शिकार शुक्रवारबाट प्रदर्शनमा आएका दुई आशातित नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ भए । नेपाली २ करोड आसपासमा नेपाल भित्रिएको बलिउड फिल्म ‘लाइगर’लाई सर्वाधिक शो दिँदा हल सञ्चालकहरुले दुई नेपाली फिल्मलाई भने शुक्रवार झारो टार्न मात्र शो थमाएका थिए । 

फिल्मीखबर, काठमाडौं, 2022-08-26, शुक्रवार

गत वर्ष ‘पुष्पा’सँग आफ्नो फिल्म ‘चपली हाइट ३’ भिड्ने भएपछि निर्माता अर्जुन कुमार एक्लै वितरकहरुसँग भिडे । बोल्नलाई केही बाँकी राखेनन् । तर, उनले साउथ फिल्मको विरोध गर्दा उनलाई साथ दिने कोही थिएनन् । गत बैशाखमा ‘केजीएफ २’सँग ‘ए मेरो हजुर २’ भिड्ने आँट गर्दा निर्माता सुनिल कुमार थापा र झरना थापा मात्र बोले । उनीहरुले कसैबाट साथ र सहयोग पाएनन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-26, शुक्रवार

शुक्रवारबाट दुई आशातित फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । तर, नेपाली माटो बोल्ने यी दुई फिल्मलाई विशेषगरी मल्टीप्लेक्स सञ्चालकहरुले भने सौतेनी व्यवहार देखाएका छन् । शुक्रवारबाटै प्रदर्शन भएको बलिउड फिल्म ‘लाइगर’लाई भएभरको शो थुपारेर हल सञ्चालकहरुले नेपाली फिल्मलाई भने झारो टार्ने शो मात्र दिएका छन् । क्यूएफएक्सको च्यानलमा त ३ बजेपछि दुवै फिल्मलाई शो छैन ।

फिल्मीखबर, काठमाडौं, 2022-08-26, शुक्रवार
महोत्तरीकी निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने निर्णय गरेकी छन् । आफ्ना नीजि तस्विरहरु अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् । गत महिना करिश्माले निहारिकाको एक युवकसित अन्तरंग सम्बन्ध झल्किने केही तस्विरहरु फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।
Results : 5155 - 5160 of 23779
Most Visited News (monthly)